विन्ध्येश्वरी मा.वि.को एसईईमा उत्कृष्ट नतिजा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा । पोखराको विन्ध्येश्वरी माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा एसईई मा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । कास्कीका सामुदायिक विद्यालयमध्यबाट विन्ध्येश्वरी मा.वि.ले उत्कृष्ट जीपीएसहित यस वर्षको एसईईमा शतप्रतिसत नतिजा ल्याउन सफल भएको हो ।

विद्यालयबाट एईईमा १० जना छात्रा सहित १६ जना विद्यार्थी सहभागि भएका थिए । उनीहरु सबै उत्र्तिण भएको विद्यालयका प्रधानाध्यापक श्रीराम आचार्यले जानकरी दिए ।

पोखरा महानगरपालिका वडा नं १९ तल्लाकोटस्थित ग्रामिण भेगमा वि.सं. २०१७ सालमा स्थापना भएको विद्यालयले त्यसको ५४ वर्षपछि मात्रै माध्यमिक शिक्षा सञ्चालन गर्दै आइरहेको छ । २०७१ सालबाट माध्यमिक शिक्षा परीक्षा सञ्चालन गर्दै आएको विद्यालयमा २२५ जना विद्यार्थीहरु अध्ययनरत छन् । २३ जना शिक्षक कर्मचारी भएको विद्यालयमा प्रि. नर्सरी नर्सरी एल.के.जी यु.के.जी हुदै कक्षा १ देखि १० सम्म अंग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन हुँदै आइरहेको प्रधानाध्यापक आचार्यले बताए । 

विद्यालयले सम्पूर्ण कक्षामा सि.सि टि.भि जडानसहित प्रोजेक्टरको माध्यमवाट पठन पाठन सञ्चालन हुदै आइरहेको विद्यालयले जनाएको छ । 
 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई targetkhabar@gmail.com मा पठाउनु होला । धन्यवाद ।