सयपत्री सहकारीको १५ औं वर्षिक सभा सकियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा । 
पोखरा महानगरपालिका वडा नं ११ का अध्यक्ष प्रेमप्रसाद कर्माचार्यले सयपत्री सहकारीमा आर्थिक सुशासन कायम रहेको बताएका छन् । सयपत्री सहकारीको १५ औं वार्षिक साधारण सभा उद्घाटन गर्दै अध्यक्ष कर्माचार्यले सवै सुविधा प्रदान गरेको सयपत्री सहकारीबाट नियमित आर्थिक कारोबार गर्न सेयर सदस्यलाई आग्रह गरे । वार्षिकरुपमा उत्कृष्ठ आर्थिक कारोबार गर्ने सेयर सदस्यबाट सम्मानितसमेत भएका प्रमुख अतिथि कर्माचार्यले विश्वासलाई कायम राख्नु पर्ने बताएका उनले पछिल्लो समय सहकारीहरुमा देखिएको राष्ट्रिय समस्या नआउने बताए । 
पोखरा ११ रानीपौवामा रहेको सहकारीको आफ्नै भवनबाट कारोबार गर्दै आएको सहकारीमा ५ हजार ८ सय जना सेयर सदस्य छन् । सहकारीका अध्यक्ष टीकाबहादुर कार्कीको अध्यक्षतामा भएको साधारण सभामा प्रमुख सल्लाहकार रवीन्द्रनाथ बास्तोलाले प्रविधिमैत्री बनेको सहकारीले अर्ब बढि कारोबार गरेर वित्तीय अनुशासन देखाएको बताए । कार्यक्रममा सल्लाहकार माधवप्रसाद बास्तोला ॅमधु’, उपाध्यक्ष धर्मप्रसाद बास्तोला, सचिव वसन्तराज कोइराला, कोषाध्यक्ष नारायण बास्तोला, लेखा समितिका संयोजक दिपकप्रसाद घिमिरे, पोखरा महानगरपालिका सहकारी अनुसन्धान समितिका दीपकप्रकाश आचार्य लगायतले सहकारीको गतिविधि गुणात्मक तथा आर्थिक अनुशासनमा हुनु पर्ने बताएका थिए । 
कुलवासलात १ अर्ब ८७ करोड रहेको सहकारीमा १६ करोड ४७ लाख सेयर पुजीरहेको सहकारीका प्रबन्धक विकास सुवेदीले जानकारी दिए । १ अर्ब २६ करोड निक्षेप संकलन रहेको सयपत्री सहकारीले १ अर्ब ३५ करोड कर्जा लगानी गरेको छ । जगेडा कोषमा १३ करोड ४६ लाख रहेको अवस्थामा २३ करोड ७५ लाख तरलता रहेको सहकारीले जनाएको छ । ५ करोड ६५ लाख स्थिर सम्पती रहेको सहकारीले गत १६ गतेदेखि प्रतिनिधिमुलक साधारण सभाको आयोजना गरेको थियो । 
६ दिनसम्म चलेको साधारण सभाबाट चयन भएका करिव ५ सय ३८ जना सेयर सदस्यबीच सम्पन्न वार्षिक साधारण सभामा उत्कृष्ठ कारोबार गर्ने प्रेमप्रसाद कर्माचार्य, शान्तिदेवी पालिखे, विमल केसी, इश्वर कार्की, जगन्नाथ बास्तोला, विशवाल रिमाल, अजय थापा, विक्रमप्रसाद श्रेष्ठ, राजकुमार श्रेष्ठ, हरिश्चन्द्र मन्जित, हरिप्रसाद तिमिल्सिना र नौमाया गुरुङसेनीलाई सम्मान गरिएको थियो । सहकारीले कार्यरत १४ जना कर्मचारी मध्येबाट वर्ष उत्कृष्ठ कर्मचारीमा अनुपमा श्रेष्ठलाई सम्मान गरेको छ । सेयर सदस्यका एसइई उत्तिणर् छोराछोरी मध्ये उत्कृष्ठ अंक प्राप्त गर्ने विद्यार्थी अनमोल थापा, सरिना बास्तोला र कृष्मा गौतमलाई सम्मान गरिएको थियो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई targetkhabar@gmail.com मा पठाउनु होला । धन्यवाद ।