स्वर्गद्वारी र पोखराले पर्यट प्रर्वद्धन गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा । 
स्वर्गद्वारी नगरपालिकाका प्रमुख टेकप्रसाद भण्डारीले स्वर्गद्वारीबाट पर्यटकलाई पोखरा लैजान र पोखराबाट स्वर्गद्वारी  पर्यटक ल्याउन सहकार्य गर्ने बताएका छन् । पृथ्वी होटल व्यवसायी समितिको भ्रमण टोलीलाई बिहीबार स्वर्गद्वारी नगरपालिकामा स्वागत गर्दै उनले यस्तो बताएका हुन् । उनले पोखरा भ्रमण वर्ष २०२५ को अबसरमा आफूले र नगरपालिकाका बासिन्दा पोखरा भ्रमण गर्ने समेत बताए । देशकै पर्यटकीय राजधानी पोखरा र पोखरा महानगरले पोखरा भ्रमणका लागि अभिप्रेरित गर्न पोखरा भ्रमण वर्ष २०२५ घोषणा गरेको प्रति आफूहरु प्रभावित भएको बताएका उनले पोखरा भ्रमण वर्ष सफल पार्दा समग्र पर्यटकीय क्षेत्रमा नै सकारात्मक प्रभाव पर्ने अपेक्षा प्रकट गरे । 
स्वर्गद्वारीमा पनि धार्मिक स्थलहरु प्रशस्त रहेको चर्चा गरेको उनले शान्ति स्तम्भ पार्क निर्माण गरिएको र १७ जेठमा संघीय पर्यटनमन्त्री बद्री पाण्डेबाट उद्घाटनको तयारी गरिरहेको जानकारी दिए । यस्तै चतुरभुज धामको भौतिक विकास लगायतका काममा आफूहरु लागेको उनले बताए । 
स्वर्गद्वारी नगरपालिकाका उपप्रमु  मीनराज रानामगरले स्वर्गद्वारी आउने पर्यटकलाई पोखरा हुँदै मुक्तिनाथसम्म कसरी जोड्ने विषयमा छलफल गर्न र सहकार्य गर्न आफ्‌नो नगरपालिका तयार रहेको बताए । उनले पोखराको प्राकृतिक सौन्दर्यता र त्यहाँ प्राप्त हुने आतिथ्यताबाट आफू निकै प्रभावित भएको एल्लेख गरे । उनले स्वर्गद्वारी महाप्रभु धार्मिक पर्यटकीय स्थलका बारेमा पोखरामा र पोखराको विन्ध्यवासिनीसहित त्यहाँ रहेका धार्मिक एवं पर्यटकीय स्थलको बारेमा स्वर्गद्वारीमा जानकारी दिन सके धेरै पर्यटक भित्र्याउन सकिने धारणा राखे । स्वर्गद्वारीमा स्तरीय होटल सञ्चालन, लागानी प्रर्वद्धन र पर्यटक आदान प्रदानका लागि पोखरामै आएर छलफल गर्न आफूहरु तयार रहेको उनले जानकारी दिए । 
पृथ्वी होटल व्यवसायी समितिका अध्यक्ष अम्बिका घिमिरे (अमृत) ले देशकै पर्यटकीय राजधानी पोखरामा पोखरा भ्रमण वर्षको अवसरमा प्राप्त छुट प्याकेजको सुविधा लिन आग्रह गरे । उनले आवास र भोजनमा २० प्रतिशत छुटको व्यवस्था, साहसिक खेल र घुम्ने स्थलमा घुम्नका लागि प्याकेजमा १० प्रतिशतको छुटको व्यवस्था गरिएको जानकारी दिए । 
पृथ्वी होटल व्यवसायी समितिका निवर्तमान अध्यक्ष बालकृष्ण न्युरेले पोखराको प्राकृतिक सौन्दर्य, आतिथि सत्कार र पोखरा भ्रमण वर्ष २०२५ को अबसरमा दिइएका छुट प्याकेजको बारेमा जानकारी दिए । उनले स्वर्गद्वारीका पर्यटन व्यवसायी र जनप्रतिनिधिलाई पोखरा भ्रमणका लागि निम्ता दिए ।
सोमबार विहान पोखराबाट पश्चिम नेपाल तर्फ आन्तरिक पर्यटक बोलाउन निस्केको टोलीले सोमबार, लमही होटल व्यसायी समिति, कपिलबस्तुका होटल व्यवसायी, देउखुरीका होटल व्यवसायी, तुलसीपुरका होटल व्यवसायी, कोहोलपुरका होटल व्यवसायी, होटल अर्गनाईजेशन वर्दिया, गुरिया नगरपालिका, बर्दियाका पत्रकारसंग भेटघाट कार्यक्रम गर्दै नेपालगञ्ज, धनगढी, अत्तरिया, महेन्द्र नगर, चिसापानी हुदै स्वर्गद्वारी पुगेको हो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई targetkhabar@gmail.com मा पठाउनु होला । धन्यवाद ।