सुकुम्बासी वस्तीमा कानुनी सचेतना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा । 
पोखरा १४ चाउथे तल्लो शान्ति टोल विकास संस्थामा आवद्ध सुकुम्बासी बस्तीमा कानुनी सचेतना कार्यक्रम सम्पन्न भएको छ । मंगलबार भएको कानुनी सचेतनामा कानुनका विद्यार्थी सविना अधिकारीले भूमि सम्वन्धी संविधानले दिएको अधिकार तथा समग्र विषयमा प्रशिक्षण दिएकी थिइन् । संस्थाकी कर्मचारी रुपा राईले सञ्चालन गरेको तालिम सामूदायिक सेवा केन्द्रका अध्यक्ष शिवराज अधिकारीको अध्यक्षतामा भएको थियो । 
भूमिहिन तथा आवास बिहीन व्यक्तिहरुका लागि १ दिने कानुनी सचेतना कार्यक्रम आयोजना गरेर संस्थाले सामाजिक उत्तरदायित्व वहन गरेको जनाएको छ । सामूदायिक विकास केन्द्र नेपाल पोखरा ६ ले आयोजना गरेको कार्यक्रममा भूमिहिन नागरिकलाई आवश्यक सेवा सुविधा उपलव्ध गराउन सामूदायिक सेवा केन्द्रले पहल गरिरहेको जनाएको छ । करिव ३० जना अगुवा नागरिक सहभागी तालिममा समुन्नत समाज निर्माणमा सवैको भूमिका समान हुने केन्द्रका सदस्य केदार धमलाले जानकारी दिएका थिए । प्रशिक्षण दिँदै धमलाले स्वास्थ्य बीमा कार्यक्रममा सहभागिता जनाएर स्वास्थ्य सचेतनालाई प्राथमिकता दिन आग्रह गरेका थिए ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई targetkhabar@gmail.com मा पठाउनु होला । धन्यवाद ।