स्थानियको सक्रियतामा मोहरपानी आदर्श टोलमा टेवल टेनिस कोर्ट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा ५ साउन । मोहरपानी आदर्श टोल विकास संस्था पोखरा–१३ मा निजी लगानीमा टेवल टेनिस कोर्ट निर्माण गरेको छ । 

आर्वा स्थित टोल विकास संस्थाको परिसरमा यूवा व्यवसायी रबि बरालसहितका यूवाहरुको सक्रियतामा टेवल टेनिस कोर्ट निर्माण गरिएको हो । 

झण्डै ४० हजारको लागतमा निर्माण गरिएको कोर्ट निर्माणमा स्थानिय मधु श्रेष्ठ, राजु सुनार, ईञ्जिनियर प्रकाश वाग्ले ,अमिन प्रकाश सिग्देल प्रशिक्षक दिपकराज गिरीले बराललाई साथ दिएको मोहरपानी आदर्श टोल विकास संस्थाका अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिए ।

यसैविच उक्त नव निर्मित टेवल टेनिस कोर्टको उद्घाटन गरिएको छ ।  कार्यक्रममा युवा व्यवसायी रबि बरालले आफ्नो सोंच संधै समाजसेवा गर्ने रहेको भन्दै हिजो आज तथा भोलिका दिनहरुमा पनि यस प्रकारका सहयोगहरु गर्दै जाने बताए । उनले गाउँ गाउँमा यस प्रकारका खेलकुदका कोर्ट मैदान तथा खेलकुदसंग सम्बन्धीत गतिविधी गर्न सक्ने हो भने ग्रामिण क्षेत्रमा रहेका प्रतिभावान खेलाडी उत्पादन गर्न सकिने बताए ।

प्रशिक्षक दिपकराज गिरीले एक वर्ष सम्म यहाँका खेलाडीहरुलाई निशुल्क रूपमा प्रशिक्षण गराउने प्रतिवद्धता जनाए । सो अवसरमा व्यवसायी बराल तथा ईञ्जिनियर वाग्लेले टेवल टेनिसका लागि आवश्यके ब्याट,जाली तथा बल हस्तान्तरण गरे । 

कार्यक्रममा मोहरपानी आदर्श टोल विकास संस्थाका अध्यक्ष श्रीराम सिग्देलले टोलमा कोर्ट निर्माणले स्थानियवासीमा खेलकुद प्रतिको चासो बढाउन सहयोग पुगेको बताए । उनले खेलकुद लगायत टोलमा हुने सबै प्रकारका सामाजिक गतिविधीमा टोलवासी सहित सरोकारवाला सबैले चासो लिने, जिज्ञासा राख्ने र रचनात्मक सुझाव दिन आग्रह गरे । 

कार्यक्रम संस्थाका सचिव शिबराज बरालले सञ्चालन गरेका थिए ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई targetkhabar@gmail.com मा पठाउनु होला । धन्यवाद ।