‘सरकारलाई असफल हुने छुट छैन’ : प्रधानमन्त्री ओली

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

साउन १५ पोखरा । असाधारण चुनौती रहेको सरकारलाई असफल हुने छुट नरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

मंगलबार प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा सचिवहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले भने, “यो अन्तिम आशा (लास्ट होप) हो । यो सरकार असफल हुन बनेको पनि होइन । सरकार  जसरी पनि सफल हुन्छ”, निर्देशन दिँदै उनले भन्नुभयो, “हामी हातमा हात बाँधेर मात्र बस्यौ भने सफल भइँदैन । भाग्यमा छ भन्दैमा डोकोमा दूध दुहुन सकिन्न, यसका लागि प्रतिबद्धता चाहिन्छ ।” 
 
उनले आफू नेतृत्वको सरकार दुई वर्ष चल्ने उल्लेख गर्दै दुई वर्ष पुग्नुभन्दा एक साता अघि नै राजीनामा समेत दिने बताए । त्यसपछि निर्वाचनसम्म सरकारको नेतृत्व नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्नुहुने उनले बताए । 

“सरकार शान्ति सु–व्यवस्था तथा सुशासन कायम गर्न र जनतालाई सहज सेवा प्रवाह गर्ने उद्देश्यले बनेको हो, यसमा तपाईंहरु सबै स्पष्ट हुनुस्, देशका लागि केही गरौँ भनेर बनेको यो सरकारले आग्रह पूर्वाग्रह राख्दैन, कामको सही मूल्याङ्कन गरेर अघि बढ्छ”, प्रधानमन्त्रीले भने । 
 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई targetkhabar@gmail.com मा पठाउनु होला । धन्यवाद ।