शुद्ध र सफा पानी पठाउन मन्त्री यादवको निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले जनताका घरमा शुद्ध र सफा पानी पठाउन निर्देशन दिएका छन् । 

काठमाडौं महाँकालचौर पानी पोखरी, थोक वितरण प्रणाली निर्माण आयोजना बागमती कोरिडोर गोकणर् तथा फोहर पानी प्रशोधन केन्द्र गुह्येश्वरी अवलोकन गर्ने क्रममा मन्त्री यादवले पानीको चुहावट भइरहेको बताउँदै त्यसलाई नियन्त्रण गरी जनताका घरमा शुद्ध र सफा पानी वितरण गर्न निर्देशन दिएका हुन् । 
उनले भने, “विभिन्न ठाउँमा खाने पानीका पाइपहरू फुटेर पानी लिकेज भइरहेको जनगुनासो छ, यसरी खेर जाँदा आम उपभोक्ताले पानीको प्रयोग गर्न सकेका छैनन्,” उनले भने, “चुहावट नियन्त्रण गरी जनतालाई शुद्ध र सफा पानी वितरण गरौँ, काठमाडौँका जनताले बाह्रै महिना पानी खान पाउन पर्छ ।”
मन्त्री यादवले खाने पानीका पाइपहरू फुट्दा त्यसमा दिसा मिसिँदा फोहर पानी जनताका घरमा जाने गएको कारण हैजा जस्ता रोगहरू फैलिरहेको हुँदा त्यसतर्फ सचेत भएर फोहर पानी नियन्त्रणमा लाग्न कर्मचारीहरूलाई निर्देशन दिए । 
शुद्ध खानेपानी खान पाउनु नागरिकको नैसर्गिक अधिकार भएको बताएका मन्त्री यादवले भने, “हामी भन्दा ठूला जनता हुन्, हामी जनताका सेवक हौँ, जनतालाई शुद्ध पानी वितरण गर्नु हाम्रो दायित्व हो ।” यसै गरी मन्त्री यादवले आफू कुरा भन्दा पनि कामलाई प्राथमिकता दिने व्यक्ति भएको बताउँदै समय बिताउनु भन्दा पनि काम गरेर देखाउन तर्फ लाग्न मन्त्रालयका कर्मचारीहरूसँग आग्रह गरे । 
त्यस्तै मन्त्री यादवले महाँकालचौरमा निर्माणाधीन नयाँ पोखरीहरूको समेत निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा उनले मन्त्रालयका सचिवलगायतका कर्मचारीलाई समयमा काम सम्पन्न गर्न निर्देशन दिए । 
मन्त्रीसँग पुगेकी मन्त्रालयकी सचिव प्रमीला देवी शाक्य बज्राचार्यले नागरिकको अपेक्षा पुरा गराउन सवैको हातेमाले आवश्यक हुने बताईन ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई targetkhabar@gmail.com मा पठाउनु होला । धन्यवाद ।