रेवान पोखरामा विश्वराज पौडेल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

साउन ११ पोखरा ।  रेष्टरेण्ट एण्ड बार एशोसियसन (रेवान) पोखराको अध्यक्षमा विश्वराज पौडेल चयन भएका छन् । 

शुक्रबार पोखरामा सम्पन्न संस्थाको ३० औ वार्षिक साधरण सभा तथा १६ औं अधिवेशनले पौडेलको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको हो ।

संस्थाको प्रथम उपाध्यक्षमा बसन्त गौतम, द्वितिय उपाध्यक्षमा विकास भट्टराई, महासचिव विरेन्द्र शेरचन, सचिव भिष्मराज पौडेल, कोषाध्यक्षमा रोशनजंग कार्की र सह कोषाध्यक्षमा वैभव पौडेल चयन भएका छन् ।

समितिका सदस्यमा योगेश भट्टराई, लोक बहादुर गुरुङ, विष्णु बानिया, सफल थापा, लोकेश ढकाल, सुरेश न्यौपाने, कृष्ण अधिकारी र सुनिल भट्टराई रहेका छन् ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई targetkhabar@gmail.com मा पठाउनु होला । धन्यवाद ।