पोखरा । गुरुङ पर्यटन व्यवसायी संघ नेपाल(जिटिन) गण्डकी प्रदेशको चौथो अधिवेशनले पुनः किसमकुमारी गुरुङको अध्यक्षतमा नयाँ कार्य समिति निर्विरोध निर्वाचित गरेको छ । समितिको प्रथम उपाध्यक्षमा सूर्यबहादुर गुरुङ, द्वितीय उपाध्यक्षमा विकास गुरुङ, महासचिवमा तुलबहादुर गुरुङ, सचिवमा विष्णु गुरुङ(एकता), कोषाध्यक्षमा मोहनराज गुरुङ र सह कोषाध्यक्षमा गंगा घले रहका छन् ।
सदस्यहरूमा राजेन्द्र गुरुङ, कन्याप्रसाद गुरुङ, राजु गुरुङ, जगनराज गुरुङ, रुद्रकाजी गुरुङ, जीतमान गुरुङ, दिनेश गुरुङ, पदमबहादुर गुरुङ, रत्न गुरुङ र मधुमाया गुरुङ चयन भएका छन् ।
अधिवेशनका लागि जिटिनका संस्थापक केन्द्रीय अध्यक्ष कुलबहादुर गुरुङको संयोजकत्वमा जिटिन गण्डकीका संस्थापक अध्यक्ष बोबरजंग गुरुङ, संस्थापक उपाध्यक्ष हर्कबहादुर गुरुङ रहनुभएको निर्वाचन समिति गठन गरिएको थियो ।
नव निर्वाचित पदाधिकारीलाई संघद्वारा गुरुङ सम्पदा पदमार्गबारे विस्तृत जानकारी एवम् सप्री ल्होसारका अवसरमा आयोजित विशेष समारोहका बीच नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुव्वा गुरुङले खादा तथा अविर लगाएर सम्मान गरेका थिए ।
गुरुङ पर्यटन व्यवसायी संघले अघि सारेको गुरुङ सम्पदा मार्ग पर्यटकीय विकासका लागि महत्त्वपूर्ण रहेको बताउँदै उहाँले यसको प्रवद्र्धन र विकासका लागि सहयोग गर्ने विश्वास व्यक्त गरे । पदयात्रा क्षेत्रलाई व्यवस्थित गर्दै पर्वतीय पर्यटनको विकास गर्नुपर्ने उहाँले आवस्यकता औंल्याए । सरकारले जनताले अनुभुती गर्ने गरी काम गर्ने लक्ष्यका साथ अघि बढेको बताउँदै उहाँले काम गर्ने क्रममा आउने गरेका समस्यालाई निराकरण गर्नका लागि बिभिन्न ११ वटा कानुन बनाउने तयारी गरिएको जानकारी दिए ।
संघीय सांसद मनबहादुर गुरुङले गुरुङ सम्पदा पदमार्ग पदयात्रा पर्यटनको महत्त्वपूर्ण विकल्प बन्नसक्ने बताए । हाम्रो इतिहास र संस्कृति जोडिएको ठाउँलाई पर्यटकीयरुपमा उपयोगथ गर्दै त्यसबाट समृद्धि हासिल गर्न सकिने उनको भनाइ छ ।
कार्यक्रमका अवसरमा सम्पदा पदमार्गको प्रवद्र्धनमा पत्रकारिताका माध्यमबाट विशिष्ट योगदान पुर्याउनुभएको भन्दै रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेललाई सम्मान गरिएको थियोे । उनलाई २५ हजार २५ रुपैयाँ नगद र सम्मापत्र प्रदान गरी मन्त्री गुरुङले सम्मान गरे ।
संघका अध्यक्ष किसम कुमारी गुरुङको सभापत्वि एवम् महासचिव तुलबहादुर गुरुङले सञ्चालन गर्नुुभएको कार्यक्रममा स्वागत द्वितीय उपाध्यक्ष विकास गुरुङले गरेका थिए ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई targetkhabar@gmail.com मा पठाउनु होला । धन्यवाद ।