भदौ २० पोखरा । पोखरा महानगर पालिका वडा नं १६ बाटुलेचौरमा रहेको प्रगति सेकेण्डरी स्कुलमा साँस्कृतिक कार्यक्रम भएको छ ।
नेपाली नारीको सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा सो विद्यालयका कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरुले नेपाली संस्कृति र परम्परा झल्काउने नृत्य प्रस्तुत गरेका छन्। कार्यक्रममा विद्यार्थीले कौडा, झ्याउरे, सालैजो लगायतका नृत्य प्रस्तुत गरेका थिए भने विभिन्न भाकाहरु पनि सुनाएका थिए । उनीहरूले वातावरण संरक्षण केन्द्रित नाटक मौन र नेपाली पाठ्यपुस्तकमा समावेश अमरपुत्र नामक नाटक मञ्चन गरेको शिक्षक विनोद भुजेलले जानकारी दिए ।
यसअघि कार्यक्रमको उद्घाटन गर्दै समाजसेवी रमेश विश्वकर्माले नियमित पठनपाठनको अलवा यस्ता कार्यक्रमले विद्यार्थीको अन्तर निहित प्रतिभा प्रस्फुटनमा सहयोग पुर्याउने बताए ।
शिक्षक विनोद भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा अभिभावक सरिता गुरूङले वावु नानीको प्रस्तुतीले लोक संस्कृतिको जगेर्नामा भुमिका निर्वाह गरेको बताईन् ।
कार्यक्रम पस्चात विद्यालयले तिजको शुभकामना आदान प्रदान समेत गरेको थियो ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई targetkhabar@gmail.com मा पठाउनु होला । धन्यवाद ।