पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा । पोखरामा विद्यार्थी बोकेको स्कुलबस दुर्घटना हुँदा बस चालक घाइते भएका छन् ।

शुक्रबार दिउँसो पोखरा–८ नागढुगास्थित न्यू मोडल सेकेण्डरी स्कुलको ग १ क ४६६१ नम्वरको बस दुर्घटना हुँदा चालक स्याङ्जाको बयरघारी घर भई पोखरा– ९ कृष्णटोल बस्दै आएका वर्ष ५४ को दल बहादुर गुरुङ घाइते भएका हुन् । उनको नयाँबजारस्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

घारीपाटनचोक स्थित हिमालयन आँखा अस्पताल नजिकैको भित्री सडक खण्डमा चालकले नियन्त्रण गुमाउँदा भएको सो दुर्घटनामा बसमा सवार २० जना विद्यार्थीहरु भने सकुसल रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

सडकबाट करिव ३ मिटर तल खस्न पुगेको बसले पार्किङ गरि राखिएका ३ वटा ट्याक्सीमा क्षति पुर्याएको पनि प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ग १ ज २९३४ नं. को ट्याक्सी अगाडि र पछाडी , ग १ ज ४१८० नं. को ट्याक्सी बम्पर र सिसा फुटेको र ग १ ज २२४१ नं. को ट्याक्सी अगाडिको भागमा क्षति पुगेको छ ।

यसअघि, गत १४ साउनमा पोखरा १७ बिरौटास्थित एलपी देवकोटा मेमोरियल स्कुलको विद्यार्थी बोकेको बस पोखरा २१, रामदीबाट विद्यालय फर्किदै गर्दा कृस्तीमा दुर्घटना हुँदा स्कुलका कार्यालय सहयोगी र उनका १ छोरा गरी २ जनाको मृत्यु भएको थियो । दुर्घटनामा २८ जना घाइते भएका थिए ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई targetkhabar@gmail.com मा पठाउनु होला । धन्यवाद ।