असार २३ पोखरा । जापानी पर्व ‘तनाबाता’ अर्थात ताराहरुको पर्व पोखरामा पनि मनाइएको छ । जापानमा प्रत्येक वर्ष जुलाई ७ मा मनाइँदै आएको सांस्कृतिक पर्व ‘तानावाता’ आइतबार पोखरामा पनि मनाइएको हो ।
भाषा संघ नेपाल ल्यानको आयोजनामा एक कार्यक्रमका विच शुभकामना आदान प्रदान गर्दै मनाइएको पोखरामा संस्थाका महासचिव बालकृष्ण शर्माले जानकरी दिए । संघले सो अवसरमा शुभकामना आदानप्रदानसँगै जापानी संस्कृतिको बारेमा जानकारी सहित जापानी पोशाकमा फोटो खिच्ने व्यवस्था समेत मिलाएको उनले बताए ।
चीनबाट जापानमा भित्रिएको मिानिने यो पर्व समयानुसार मनाउने तरिकापनि फरक हुँदै गएको कार्यक्रम संयोजक संस्थाका द्वित्तिय उपाध्यक्ष सबिता शेरचनले बताइन् । पर्वका बारेमा जानकारी दिँदै उनले भनिन्, ‘चिनबाट जापान भित्रिएको मानिने यस तानाबाता पर्व जापानी परम्परागत सांस्कृतिक पर्व हो । यसमा विशेषगरि हरिया बाँसका हाँगाहरुमा रंगिचंगि कागजहरुमा शुभकामना लेखेर झुण्ड्याउने गरिन्छ ।’
संस्थाका अध्यक्ष सृजन भान्साकार्यले जापान जाने विद्यार्थीको हितका लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आइरहेको संस्थाले जापानी संस्कृतिका बारेमा विद्यार्थीहरुलाई नजिकबाट सिकाउनका लागि कार्यक्रमको आयोजना गरिएको बताए । उनले आगामी दिनमा विभिन्न सांस्कृतिक कार्यक्रमहरुलाई निरन्तरता दिने प्रतिवद्धता ब्यक्त गरे ।
जापान जाने तयारीमा रहेका विद्यार्थीहरुले पर्वका अवसरमा आयोजना गरिएको कार्यक्रमबाट आफुहरुले जापानी संस्कृतिका बारेमा नजिकबाट बुझ्ने मौका पाएको भन्दै खुशी व्यक्त गरे ।
संघका अध्यक्ष सृजन भान्साकार्यको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव बालकृष्ण शर्माले गरेका थिए ।
कार्यक्रममा पोखराका विभिन्न जापानी भाषा स्कुलका विद्यार्थी, शिक्षक तथा शुभेच्छुहरु गरि पाँच सय बढीको सहभागिता रहेको थियो ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई targetkhabar@gmail.com मा पठाउनु होला । धन्यवाद ।