पोखरा यूनाइटेड एकेडेमीमा विभिन्न खेलकुद प्रतियोगिता सम्पन्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जेठ २९ पोखरा । पोखरा १२ भद्रकालि मार्गमा रहेको पोखरा यूनाइटेड एकेडेमीको आयोजनामा पोखरामा विभिन्न खेलकुद प्रतियोगिता २०८१ सम्पन्न भएको छ । छात्र तर्फको फुटवल खेलमा स्टेप वाई स्टेप बोर्डिङ स्कुलले जित हासिल गरेको छ ।

मंगलबार भएको फाइनल खेलमा स्टेप वाई स्टेपले पोखराकै रतुवा फुटवल क्लवलाई टाईब्रेकरमा ५—४ को गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । निर्धारित समयमा दुबै तर्फ गोल हुन नसके पछि खेल टाईब्रेकरमा धकेलिएको थियो । विजेता टिम स्टेप वाई स्टेपले नगद ११ हजार र उपविजेता रतुवाले भने १० हजारको साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्यो ।

अन्तर बिद्यालय स्तरिय हाजिर जबाफ प्रतियोगितामा अम्मरसिंह नमुना मावि प्रथम भएको छ । अम्मरसिंहले २ सय ४० अंक ल्याउदै प्रथम हुदा १ सय ५५ अंक सहित न्यू मोडल स्कुल भने दोश्रो हुन सफल भयो । प्रतियोगितामा बिजेताले ४ हजार र उपविजेताले भने २ हजार नगद पुरस्कार प्राप्त गरे । अम्मरसिंहको टिममा सृजन शर्मा, दिप्लभ रेग्मी र सौगात सुवेदी रहेका थिए भने न्यू मोडल स्कुलको टिममा अरिज पोख्रेल, अन्दिज बस्ताँकोटी र हितमान गुरुङ रहेका थिए ।

विजेता प्रतियोगिहरुलाई समापन समारोहका प्रमुख अतिथि पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य, पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदार, फुलकन्ट्याक कराँते महासंघ गण्डकीका अध्यक्ष लक्ष्मण कुवंर, बिद्यालयका अध्यक्ष शिव बहादुर भण्डारी लगायतले पुरस्कार वितरण गरेका थिए ।

सोमबार भएको फाइनल खेलबाट छात्र तर्फको भलिवल खेलमा बागलुङको जुनियर युथ समुह प्रथम भएको थियो । सोमबार भएको छात्रा तर्फको बास्केटवल प्रतियोगितामा मर्दी ए को समुहले उपाधि जितेको हो ।

त्यसै गरी छात्र तर्फको बास्केटवल प्रतियोगितामा मनकामना बोर्डिङ स्कुलले उपाधि जितेको बिद्यालयका शिक्षक फणिन्द्रराज पौडेलले बताए ।

विद्यार्थीहरुको शिक्षासंगै खेलकुदको विकास गराउने उद्धेश्यले विभिन्न खेलकुद प्रतियोगिता आयोजना गरिएको बिद्यालयका सहप्रध्यानाध्यापक देवेन्द्र अधिकारीले बताए ।

शनिबार देखि सुरु भएको उक्त प्रतियोगिता ४ दिनसम्म संचालन भएको विद्यालयका प्रिन्सिपल बयान बहादुर गोदारले बताए ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई targetkhabar@gmail.com मा पठाउनु होला । धन्यवाद ।