पोखरा लनर्स एकेडेमीका विद्यार्थीलाई संस्कार गन्तव्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा । 
पोखरा लनर्स एकेडेमी स्कुलले धर्म, सस्कृति र परम्परालाई जोगाउने अभियानमा विद्यार्थीलाई सामेल गराउँदै आएको छ । विद्यालयले कक्षा ८, ९ र १० का विद्यार्थीबीच अभियान सञ्चालन गरेको हो । कक्षा १० की छात्रा शुष्मा चौलागाईँ र कक्षा ८ की छात्रा सभिष्का गौतमले सम्युक्त रुपमा कार्यक्रम सञ्चालन गर्दै उपस्थित अभिभावक र विद्यार्थीलाई पढाई अतिरिक्त परम्परालाई जोगाउने उद्देश्यको नाटक, गीत र नृत्य मार्फत् मनोरञ्जन दिएका थिए । कक्षा ८ देखि १० सम्मका विद्यार्थीले धार्मिक र सांस्कृतिक महत्वको प्रतीक दीप प्रज्वलन र स्वस्ति वाचन गर्दै राष्ट्रिय गान सँगै स्वागत गर्दै जोडी राम्रो गुरुङ मगरको बोलको गीतमा स्वागत नृत्य प्रस्तुत गरेका थिए । 
प्रेमी–प्रेमिकाको सुन्दर सम्बन्ध, पारिवारिक समर्थन र परम्परागत संगीत  तथा नृत्य समेटिएको गीतसँगै जातीय पहिचान झल्काउँने सीपलाई जोगाउने अभियानमा कक्षा ९ का विद्यार्थीले वायुमण्डलीय दबाबका केही जादुमय प्रयोगहरु देखाएका थिए । ॅचाउचाउको प्याकेट’ खोल्दा आवाज निकाल्न बाध्य बनाउँछ भने जस्तै विभिन्न रमाइला प्रयोगहरु मार्फत् भरपुर मनोरञ्जन दिलाएका थिए । चाउचाउ जस्ता खानेकुरा खाँदा गर्ने असर, साथीहरुसँग गर्ने व्यवहार, शिक्षक तथा अभिभावकसँग सिक्नु पर्ने पाठ लगायत विभिन्न विषयमा विद्यार्थीको गहन चासो र अभिव्यक्ति रहेको थियो । 
विद्यार्थीले घरको आँगनमा बिहानको घाम ताप्न र आमाले दिनु भएको चियाको चुस्की लगाउन पनि नपाउने जसरी एकोहोरो मोबाइल चलाएर बस्ने गर्दा हुने असर र सिक्नु पर्ने सिकाईमा भएको कमजोरीको राम्रोसँग उत्खनन् गरेका थिए । एक्लै मञ्चमा उभिएर दर्शकको मन जित्ने हिम्मत, आत्मविश्वास अनि कला देखाउने गतिलो प्रयास गरेका विद्यार्थी कक्षा ९ का निशान गिरीले नृत्य मार्फत् सवैको मन जितेका थिए । विद्यालयका सहप्राचार्य उष्णा गौतमको अध्यक्षतामा भएको सभामा विद्यालयका प्राचार्य विधान गौतमले कला देखाउने सीप विकास गर्न विद्यालयले अभियान जारी राखेको बताए । संस्कारको रुपमा स्थापित गरेर नमुना कल्चरल स्टेज प्रदान गरेको बताउँदै अभिभावकलाई गहिरो ढण्ंगबाट विद्यालयसँग सामिप्यता बढाउन आग्रह गरे । विद्यालय र शिक्षकको ध्यानले मात्र उत्कृष्ठ विद्यार्थी तयार गर्न नसकिने तर्क गर्दै संस्थापक विधान गौतमले अभिभावकलाई सुझाव दिनमात्र भएपनि विद्यालय उपस्थित हुन आग्रह गरे । 
अभिभावकको शिर उच्चो राख्ने विद्यार्थी तयार गर्न कमसेकम आफ्ना छोराछोरीको बारेमा थोरै समय छुट्याउन आग्रह गरे । पढाईसँगै संस्कार, रीतिरिवाज र परम्परा जोगाउने अभियानमा विद्यालय लागिपरेको बताएका गौतमले पूर्ण हुन निरन्तर मेहनेतको जरुरी रहेको विद्यार्थीलाई पहाड चढ्ने इच्छा राखेको कछुवाको कथा सुनाएका थिए । कार्यक्रममा शिक्षक कृष्ण लम्साल र आदर्श घिमिरेको उत्प्रेरणादायि भनाई राख्दै विद्यार्थीको मेहनेतको प्रशंसा गरेका थिए । विद्यालयले सुरु गरको कल्चरल कर्निभललाई निरन्तरता दिने बताएका शिक्षक लम्सालले गन्तव्यमा पुर्‍याउने अभियानमा साथ दिन अभिभावक तथा शिक्षकसाथीहरुलाई आग्रह गरेका थिए । विद्यार्थीहरुले विभिन्न भेषभुषा, धर्म, सस्कृति तथा आमा बाबुको भूमिकामा समेत विभिन्न रचनात्मक प्रस्तुति दिएका थिए ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई targetkhabar@gmail.com मा पठाउनु होला । धन्यवाद ।