पोखरा एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चितता गर्न पोउवा संघकोको माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चैत ४ पोखरा । पोखरा उद्योग वाणिज्य संघले पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको सुनिश्चितताको लागि प्रधानमन्त्री प्रचण्डसँग माग गरेको छ ।

आइतबार संघको तर्फबाट अध्यक्ष पवनकुमार प्रजापतिले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाउँदै सो माग गरेका हुन् । संघले यसअघि पनि पटक–पटक प्रधानमन्त्रीलाई यो विषयबारे ध्यानाकर्षण गराएको स्मरण गर्दै विमानस्थलबाट छिटोभन्दा छिटो अन्तर्राष्ट्रिय उडान हुनुपर्ने माग दोहो¥याएको हो ।

ज्ञापनपत्रमा कोरला नाका संचालन र कोरोला नाका संचालन तथा मुक्तिनाथ–दामोदरकुण्ड हुँदै मानसरोवर कैलाश पर्वत यात्रा सहज बनाउन पनि माग गरिएको छ ।

यस्तै पृथ्वी राजमार्गको स्तरोन्नति,पोखरामा ७८ किलोमिटर लामो चक्रपथ निर्माणको लागि बजेट विनियोजन गर्न पनि संघले माग गरेको छ ।

संघले पर्यटकीय नगरी पोखरामा विदेशी पर्यटकका निम्ति मौलिक र भव्य कोसेली घर आवश्यक रहेको बताउँदै संघले कोसेली घर निर्माणको पहल थालेको र त्यसमा संघ सरकारबाट सहयोगको अपेक्षा राखेको पनि ज्ञापनपत्रमा उल्लेख छ ।

ज्ञापनपत्रमा आर्थिक सूचकहरु सकारात्मक देखिए पनि अर्थतन्त्रको गति बढाउन तथा भइरहेको युवा पलायन रोक्न औद्योगिकीकरण र रोजागारी पहिलो भएको उल्लेख गर्दै अगाडि भनिएको छ,‘ देशमै केही हुन्छ भन्ने विश्वासलाई अझ सुदृढ बनाउन लगानी बढाउनुपर्ने आवश्यकतालाई गम्भीरतापूर्वक लिनुहुनेछ भन्ने हाम्रो आग्रह रहेको छ ।’

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई targetkhabar@gmail.com मा पठाउनु होला । धन्यवाद ।