फिस्टेल एसइई कप ः उद्घाटनपूर्व १६ खेल सकियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा ।
पोखरा १७ तल्लो बिरौटामा स्थित फिस्टेल एकेडेमी माविद्वारा आयोजित ‘फिस्टेल एसइई कप २०८१’ को औपचारिक उद्घाटनपूर्व नै १६ ओटा खेल सम्पन्न भएका छन् । एसइई २०८० मा सम्मिलित भएका छात्रहरूका बिचमा भएको यस खेलमा पोखराका जम्मा ३३ विद्यालयले सहभागिता जनाएका छन् ।  खेलको औपचारिक उद्घाटन सोमबारबाट हुने छ । 
शनिबार सम्पन्न सेभेन ए साइड फुटबलतर्फको पहिलो खेलमा हिमालयन बोर्डङ स्कुलका विरुद्ध कालिका माविले ८-१ को विशाल जित हात पार्‍यो । यस्तै दोस्रो खेलमा छोरेपाटन माविलाई ३-१ गोलअन्तरमा पोखरा पब्लिक माविले पराजित गर्‍यो । तेस्रो खेलमा ढुङ्गेसाँघु माविले सैनिक महाविद्यालयलाई २-० ले पराजित गर्दा चौँथो खेलमा डायमन्डलाई पेनाल्टी सुट आउटमा न्यु लेखनाथले पराजित गर्‍यो । यस्तै पाँचौँ खेलमा शिशुनिकेतनले बेसलाइनलाई १-० ले पराजित गर्दा छैटौँ खेलमा जनप्रिय माविले हिमाञ्चललाई २-१ ले पराजित गर्‍यो । 
आइतबार १० खेलहरू सम्पन्न भएका छन् । आइतबार सम्पन्न खेलमा बालोदय माविले बालमन्दिर माविलाई ३-१ गोल अन्तरले पराजित गर्दा जनप्रिय माविलाई ३-१ ले पराजित गर्दै शान्ति निकुन्ज मावि अगाडि बढेको छ । यसै गरी लिटिल फ्लावर माविले शुव्रmराज माविलाई १-० ले पराजित गर्दा नेसनल इन्भेन्टिभले अमरसिंहलाई २-१ ले पराजित गर्‍यो । एलपी देवकोटाले जेसिएलाई १-० ले पराजित गर्दा भद्रकालीले गण्डकी बोर्डिङलाई २-० ले पराजित गर्‍यो । 
रेन्बो एकेडेमी र मेरीगोल्ड माविबिच भएको खेलमा ६-२ ले रेन्बो विजयी भयो । यस्तै वेलनन एकेडेमीले हिल पोइन्टलाई १-० ले पाखा लगायो भने विद्यानिकेतनले पेनाल्टी सुट आउटमा मदरल्यान्डमाथि कब्जा जमायो । आइतबार भएको अन्तिम खेलमा फिस्टेल एकेडेमीले साइनिङ स्टारमाथि २-१ को विजय हात पार्‍यो । 
एसइई कप २०८१ को औपचारिक उद्घाटन सोमबार हुने र विजेता तथा उपविजेताले व्रmमशः १५ हजार र १० हजार नगद पुरस्कारका साथ मेडल, ट्रफी र प्रमाणपत्र पाउने छन् ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई targetkhabar@gmail.com मा पठाउनु होला । धन्यवाद ।