‘फिस्टेल एसइई कप २०८१’ हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा । 
पोखरा १७, तल्लो बिरौटामा अवस्थित फिस्टेल एकेडेमी माध्यमिक विद्यालयले यही जेठ ७ गतेबाट ९ गतेसम्म फिस्टेल एसइई कप २०८१ सञ्चालन गर्ने भएको छ । एसइई परीक्षा २०८० मा सहभागी भएका विद्यार्थीहरूलाई लक्षित गरी सो प्रतियोगिता सञ्चालन गर्न लागेको जनाएको छ । 
प्रतियोगितामा छात्रतर्फ सेभेन ए साइड फुटबलमा जम्मा ३३ समूह रहेका छन् । यसैगरी छात्रातर्फ ३/३ बास्केटबलमा ६ समूह सहभागी हुने छन् । प्रतियोगिता विद्यालयकै खेल मैदान तल्लो बिरौटा, पोखरा १७ मा सञ्चालन हुने छ । औपचारिक उद्घाटन जेठ ७ गते हुने भए पनि ५ गते शनिबारबाट नै उद्घाटनपूर्वका खेलहरू सञ्चालन हुने छन् । 
वि.सं. २०५१ सालमा स्थापना भएको यस विद्यालयले पोखरा र समग्र राष्ट्रिय स्तरमा नै गुणस्तरीय शिक्षाका माध्यमबाट आफूलाई अब्बल रूपमा प्रस्तुत गर्दै आइरहेको छ । एसइई २०७९ मा ४ जिपिए सहित शतप्रतिशत विद्यार्थी उत्तीणर् गराउन सफल विद्यालयले विगत २ वर्षदेखि आफूलाई गण्डकी प्रदेशकै प्रगतिशील विद्यालय बताउँदै आइरहेको छ । 
विद्यालयले प्रथम र द्वितीय पुरस्कारका रूपमा फुटबलतर्फ व्रmमशः नगद १५ र १० हजार तथा बास्केटबलतर्फ व्रmमशः १० र ५ हजार नगदका साथमा प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गर्ने छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई targetkhabar@gmail.com मा पठाउनु होला । धन्यवाद ।