पहिरोले पोखरा–३२ मा भान्साकोठामा भत्कियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा । अविरल वर्षाका कारण पोखरा–३२ को डाडाँगाउँमा राजन विकको भान्साघर भत्किएको छ । 

शुक्रबारदेखि अविरल परेको वर्षाका कारण विकको जोडिएको भान्साकोठामा पहिरोले क्षति पुर्याएको हो । पहिरोले विकको कच्च्ीघरसँगै जोडिएको भान्साकोठमामा माथिबाट खसेको पहिरो क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

शुक्रबारदेखि पोखरासहित देशैभर वर्षा भइरहेको छ । शनिबार विहान ८ः४५सम्म पोखरामा १३०.५ मिमि वर्षा मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई targetkhabar@gmail.com मा पठाउनु होला । धन्यवाद ।