पौवेगौंडे समाज सामाजिक सेवामा अब्बल : सांसद पञ्चराम गुरुङ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा । 
गण्डकी प्रदेशका पुर्व सामाजिक विकास मन्त्री एवं प्रदेश सभासद पञ्चराम गुरुङले सामाजिक सेवामा उदाहरणिय कार्य गर्दै आएको बताएका छन् । उनले जन्मदा कोही पनि सक्षम र समाजसेवी नहुने भन्दै सिक्दै गर्ने बानीलाई निरन्तरता दिनु पर्ने बताए । प्रमुख अतिथि सांसद गुरुङले नयाँ नेतृत्वले नविनतम कार्यको सुरुवात गर्नेमा आफू विश्वस्त भएको बताएका थिए । 
कार्यक्रममा सल्लाहकार सोवित कार्की, मदन कार्की र संरक्षक डा. ज्ञानबहादुर कार्कीले शुभकामना दिँदै समाजको भावना अनुरुप कार्य गर्न सुझाव दिएका थिए ।
समाजका अध्यक्ष विष्णु प्रसाद रेग्मीको अध्यक्षतामा भएको सभा सचिव दिपेन्द्र बहादुर आलेले सञ्चालन गरेका थिए । अध्यक्ष रेग्मी र सचिव आलेले वार्षिक प्रतिवेदन प्रस्तुत समेत गरेका थिए । उपध्यक्ष कल्पना रेग्मीले स्वागत मन्तव्य राख्दै समाजको उचाई भनेकै सवै अट्ने समाज र सवैलाई जोड्ने पौवेगौंडे भएको बताईन् । 
पौवै गौंडे समाज पोखरा कास्कीको ५ औ अधिवेशन एवं पारिवारिक वनभोज कार्यक्रममा साविक पौवै गौंडे गाविस हाल पुतलीबजार नगरपालिका ५ पौवै गौंडेको विभिन्न क्षेत्रबाट पोखरा उपत्यका भित्र स्थायी वा अस्थायी बसोबास गर्ने समाजसेवीहरुको २०६२ साल पुसको भेलाले समाज स्थापना भएको थियो । क्या. खड्का बहादुर शाहीको अध्यक्षतामा १५ सदस्य रहेको समिति गठन भएसँगै समाजले निरन्तरता पाएको थियो । 
अध्यक्ष विष्णु प्रसाद रेग्मीले उद्घाटन सभा समापनसँगै नयाँ कार्य समिति चयन प्रक्रियालाई अगाडि बढाउन निर्वाचन मण्डलका संयोजक समाजका संरक्षक डा. ज्ञान बहादुर कार्कीलाई माईक हस्तान्तरण गर्दै नयाँ नेतृत्वलाई शुभकामना दिएका थिए । समाजको अधिवेशनबाट अध्यक्षमा कल्पना रेग्मी सर्वसम्मत निर्वाचित भएकी छिन् । समाजको उपाध्यक्षमा दिपेन्द्र बहादुर आले मगर, सचिवमा खडानन्द रेग्मी कोषाध्यक्षमा विकास कार्की चयन भएका छन् । समाजको सदस्यमा कृष्णप्रसाद गुरुङ, क्या. प्रेमप्रसाद रेग्मी, खेम कुमारी गुरुङ, मिरा कार्की, टेकबहादुर थापा र अमृत श्रेष्ठ निर्वाचित भएका छन् ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई targetkhabar@gmail.com मा पठाउनु होला । धन्यवाद ।