पानी लिकेज नियन्त्रण तालिम पोखरामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा । 
नेपाल खानेपानी संस्थान पोखरामा पानी लिकेज पत्ता लगाउने र मर्मत गर्ने तालिम सुरु भएको छ । जापान सरकार जापानिज सहयोग संस्था जाईकाको प्राविधिक सहयोगमा भएको तालिम पश्चात संस्थानले कार्यरत कर्मचारीलाई उक्त तालिम प्रदान गरेको हो । 
सव-इन्जिनियर प्रकाश सिलवाल, सुरेन्द्र साह, पशुपतिप्रसाद यादव र लक्ष्मण पाण्डेको नेतृत्वमा तालिम सुरु भएको छ । पोखरा शाखा पार्दी र विन्ध्यवासिनी इकाई कार्यालयमा कार्यरत प्राविधिक कर्मचारीलाई लिकेज पत्ता लगाउने मेशिनसहित लिक मर्मत गर्ने तौरतरिका समेतको तालिम प्रदान गरिएको खानेपानी संस्थान पोखरा शाखाका सूचना अधिकारी सव-इन्जिनियर प्रकाश सिलवालले जानकारी दिए ।
तालिममा पोखरा शाखामा कार्यरत कर्मचारी राजेश थापा, सुरेन्द्र प्रजापती, डिलबहादुर ढकाल, लोकबहादुर घले, श्रीकृष्ण बास्तोला, हर्कबहादुर गुरुङ, भोजराज ज्ञवाली, बाबुराम विश्वकर्मा, राजु मोक्तान, सुरेश शाही, यम चौधरी, दिपक चौधरी, मनबहादुर धामी, समिर शाही, पवन चौधरी, सुशिल चौधरी, हिमबहादुर अधिकारी लगायत रहेका छन् । 
तालिमले पोखरा शाखा अन्तर्गत विस्तार भएको पाईप लाईनमा भएको र हुने लिक तथा पानी चुहावटलाई प्रभावकारी मर्मत गर्न थप टेवा पुग्ने तालिममा सहभागीले जनाएका छन् । 
लिसनिङ स्टिक, वाटर लिंक डिटेक्टर र करेक्सन टाइप वाटर लिंक डिटेक्टर प्रविधिको माध्यमबाट तालिम भएको छ । ग्राउन्ड वाटर लिंक पत्ता लगाउन मेशिनको माध्यमबाट थप सहज हुने नेपाल खानेपानी संस्थान पोखरा शाखाका प्रशासन प्रमुख आनन्दप्रसाद रेग्मीले जानकारी दिए । तालिम सुरुका अवसरमा रेग्मीले तालिममा सहभागीलाई व्यवहारमा उतार्न अनुरोध गरेका थिए ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई targetkhabar@gmail.com मा पठाउनु होला । धन्यवाद ।