असार २७ पोखरा । नेपाल राष्ट्रिय भूतपूर्ब सैनिक तेक्वान्दो सैनिक संघले नवनियुक्त पदाधिकारी तथा सदस्यहरुलाई सम्मान तथा ब्याज वितरण गरेको छ ।
कार्यक्रमको गण्डकी प्रदेश सभाका निवर्तमान सदस्य मिना गुरुङले उद्घाटन गर्दै सेवाका भावले खोलिएका जुन सुकै सामाजिक संघ संस्थाहरुले राष्ट्रका लागि काम गर्नु पर्ने बताइन् । उनले खेल र स्वास्थ्य एक आर्काको परिपुरक भएको भन्दै मानिसलाई निरोगी बनाउने एक मात्रै उपाय खेल भएको उल्लेख गरेकी थिईन् ।
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तेक्वान्दो सैनिक संघका केन्द्रिय अध्यक्ष प्रबिण रावलले विभिन्न १८ वटा देशमा आफ्ना शाखाहरुबाट समाजका लागि विभिन्न माध्यमबाट काम गरिरहेको उल्लेख गर्दै संस्थाले नेपाल र नेपालीको विकासमा हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रमममा लायन्स क्लब अफ पोखरा नेचुरल टाउनका अध्यक्ष बुद्धिराज सुवेदी, संघका केन्द्रिय फिल्ड संयोजक सुन्दर पौडेल, केन्द्रिय आर्थिक विभाग प्रमुख वविता सुवेदी, लेखनाथ पत्रकार मञ्चका संस्थापक अध्यक्ष भिमपाणि बराल , लम्जुङ–पोखरा सम्पर्क मञ्चका सचिब सुमि भण्डारी, संघका केन्द्रिय लेखा संयोजक मुरारी कंडेल , केन्द्रिय सदस्य रमन बहादुर बस्नेत ,लेखनाथ जेसिसका अध्यक्ष प्रकाश राईभाट लगायतले संस्थाले समाज सुधारका ग्रामिण क्षेत्रहरुमा पनि आफनो सेवालाई विस्तार गर्न सक्नु पर्ने सुझाव राखे ।
कार्यक्रममा संघका विभिन्न पद तथा ओहोदामा नियुक्त विभिन्न व्यक्तिहरुलाई सम्मान सहित ब्याज वितरण गरिएको थियो ।
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तेक्वान्दो सैनिक संघका केन्द्रिय अध्यक्ष प्रबिण रावलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संस्थाका फिल्ड इञ्चार्ज बिष्णुमाया सुबेदी र संचालन स्वकिय सचिव गोकर्ण क्षेत्रीले गरेका थिए ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई targetkhabar@gmail.com मा पठाउनु होला । धन्यवाद ।