पोखरा ।
नारिशक्ति आमा समुह पोखरा १७ को तेस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले राधादेवी लम्सालको अध्यक्षक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति सर्वसम्वत चयन गरेको छ ।
२ बर्षे कार्यकाल रहेको समितिको उपाध्यक्षमा पूणर्कला बास्तोला पोखरेल, सचिव सरस्वती नेपाल सुवेदी, सहसचिवमा सरस्वती लम्साल, कोषाध्यक्ष मञ्जु क्षेत्री, सहकोषाध्यक्षमा हरिकमल केसी निर्वाचित भएका छन् ।
त्यसै गरि समुहको सदस्यहरुमा जोती शेरचन, दुर्गा पौडेल, अप्सरा गोदार,डिममाया कार्की, सुजिता पराजुली, सरास्वती अधिकारी, सिता पौडेल क्षेत्री, सरास्वती सुवेदी, गिता विक रहेका छन् । पोखरा महानगरपालका वडा नं. १७ का वडाध्यक्ष राधिका शाही योगीले अधिवेशनको उद्घाटन गर्दै समाजका विकृति विसंगतीको विरुद्धमा आमाहरु संगठित भएर अघि बढ्नु पर्ने बताइन् । समुहका प्रत्येक गतिविधिमा वडाको सहयोग रहने विश्वास व्यक्त गर्देै उनले अवका आमाहरु आयआर्जनका कार्यक्रमसंग जोडिनु पर्ने आवश्यकता औल्याइन् ।
गैरसरकारी संस्था महासंघका केन्द्रीय अध्यक्ष रामप्रसाद सुवेदीले आमाहरु नेतृत्व विकासका गर्दैै उत्पादनसंग जोडिने खालका कार्यक्रम सञ्चालन गर्नुपर्ने खाँचो औल्याए । सञ्चारकर्मी हरि बास्तोलाले आमा समुहको माध्येमबाट महिला नेतृत्व विकासमा महत्वपूणर् योगदान पुगेको बताउँदै स्थानीय तहका जनप्रतिनिधि त्यसका उदाहरण बनेको उनको भनाई थियो ।
कार्यक्रममा समुहमा आवद्ध जेष्ठनागरिक एवम् विभिन्न तहमा सर्वोत्कृट अंक ल्याउने छोराछोरीलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो ।
समुहकी अध्यक्ष प्यारी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा समुहका संस्थापक अध्यक्ष शिशिर गोदार, सल्लाहकार एवम् सामाजिक व्यक्तित्व लिलबहादुर जिसी, शुभकामना आमा समुहका अध्यक्ष पार्वती खड्का, हिमाली पवित्र आमा समुहका अध्यक्ष सावित्री अर्याल, घारीपाटन टोल विकास संस्थाका अध्यक्ष देवेन्द्र क्षेत्री, सम्मानित विद्यार्थी विनिसा श्रेष्ठले आमा समुहले खेल्दै आएको भूमिकाका बारेमा चर्चा गरेका थिए ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई targetkhabar@gmail.com मा पठाउनु होला । धन्यवाद ।