तनहुँ ।
तनहुँका ८३ वर्षीय मेदिनी शर्मा चुँदेली द्वारा लिखित ॅपुकार’ खण्ड काव्य लोकार्पण गरिएको छ । भानु नगरपालिका प्रमुख आनन्दराज त्रिपाठी लगायतले कृति लोकार्पण गरेका हुन् । स्थानीय चन्द्रावती मावि तनहुँको साभा हलमा कृति लोकार्पण कार्यक्रममा सहित्यिक व्यक्तित्व शेषमणी आचार्य, ज्येष्ठ नागरिक वासुदेव ढकाल चन्द्रावती माविका प्रअ प्रेमनाथ ढकालले लोकार्पण गर्दै विभिन्न धारणा राखेका थिए । कार्यक्रमाम समीक्षात्मक टिप्पणी गर्दै चन्द्रावती मविका शिक्षक हिमकला दवाडी बरालले सिर्जना गर्न उमेरले छेक्दैन भन्ने उदाहरण मेदिनी शर्माबाट सिक्नु पर्ने उल्लेख गरिन् ।
समाजसेवी विद्यानाथ ढकाल र शेषमणी आचार्यले शुभकामना प्रदान गर्दै तनहुँ साहित्यको उर्वर भूमि भएको भन्दै वेद व्यासदेखि अनकन ऋषिहरुले गरेको योगदान जस्तै मेदिनी शर्मा चुँदेलीको योगदानलाई राष्ट्रले भुल्न नसकिने उल्लेख गरेका थिए । सर्जककी धर्मपत्नी कामदा पण्डितले खाना खान आउन लगायत अनेकन समस्या आफूले भोगेको प्रसंङ्ग कोट्उँदै आज लोकार्पणको यस्तो अवस्था देख्दा औधी खुसी लागेको स्मरण गरिन् ।
कार्यक्रममा सर्जक मेदिनी शर्मा चुँदेलीलाई प्रमुख अतिथि आनन्दराज त्रिपाठी, पूर्व शिक्षक रामबहादुर अधिकारी, निर्मल पण्डित, डा.पंकज कोइराला, अजित आचार्य, बाबुराम खनाल, विकास पण्डित लगायतले शुभकामना दिएका थिए । समाजसेवी चोपबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा उपस्थिति शतिस पण्डितले शव्दद्वारा स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन समीर पण्डितले गरेका थिए । सर्जकले आमाको वेदना, घर सम्झना, श्रद्धा सुमन लागतयत अनेकन कृतिहरु प्रकाशित गरिसकेका छन् । छन्द लयमा रुची राख्ने सर्जक मेदिनी शर्माले समाजमा हुने विकृति, विसंगति, अन्याय र अत्याचारको विषयमा खरो प्रस्तुत हुँदै आएका छन् । विद्यालयमा संगठित भएका ग्रिन आर्मी समूहले प्राथमिक उपचार, पिटी लगायत रचनात्मक क्रियाकलापहरु देखाएका थिए । चन्दावती माविका सहायक प्रअ विकास पण्डित, रामबहादुर अधिकारी, दुर्गा परियार, सुमी श्रेष्ठ, निर्मल पण्डित लगायतले कृतिले समाज परिवर्तनमा ठूलो टेवा पुग्ने बताएका थिए ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई targetkhabar@gmail.com मा पठाउनु होला । धन्यवाद ।