लायन्स क्लव अफ पोखरा तालवाराहीको रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

साउन  १२ पोखरा । लायन्स क्लव अफ पोखरा तालवाराहीले शनिबार पोखरामा आयोजना गरेको रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ ।

डिष्ट्रिक्ट ३२५ आई, क्लष्टर २, रिजन ४ र जोन ७ अन्तर्गतको सो क्लवले शनिबार विहान पोखरा–१८ सेदीबगरमा ‘रक्तदान जीवन दान, जीवनदान महादान’ भन्ने नारासहित रक्तदान कार्यक्रम गरेको थियो । सो रक्तदान कार्यक्रमको पोखरा–१८ का वडाध्यक्ष शिवप्रसाद तिमिल्सिनाले पहिलो रक्तदातालाई व्लड व्याग हस्तान्तरण गरेर उद्घाटन गरेका थिए ।

क्लवका अध्यक्ष प्रकाश गिरीको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष तिमिल्सिना, विशेष अतिथि डिष्ट्रिक्ट ३२५ आईका क्याविनेट सेक्रेटरी अमृतप्रसाद तिवारीलगायतले क्लवले गरेको सामाजिक काम तथा रक्तदानको महत्वबारे बोलेका थिए ।

क्लवका अध्यक्ष तिवारीले रक्तदानसहित अन्य सामाजिक कार्य तथा सेवालाई आगामी दिनमापनि निरन्तरता दिने प्रतिबद्धता जनाए । रक्तदान कार्यक्रमको अवसरमा क्लवले वैज्ञानिक महाविर पुनको जीवनी पुस्तक प्रमुख अतिथि, अतिथि, रक्तदाता तथा अन्य सहभागि सबैलाई वितरण गरिएको पास्ट प्रेसिडेन्ट दीपेन्द्र राईले जानकारी दिए ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई targetkhabar@gmail.com मा पठाउनु होला । धन्यवाद ।