पोखरा ।
लायन्स क्लब ३२५ एलले स्याङ्जाका विभिन्न विद्यालयमा छात्रबृत्ति तथा शैक्षिक सामग्री वितरण गरेको छ । स्याङ्जा आँधीखोला गापा ३ मजकटेरी स्थित साउनेटारी आधारभुत विद्यालय, पर्वत जिल्ला कुश्मा नगरपालीका १४ बगालथोक र काउलेमा अवस्थित नवरत्न आधारभुत विद्यालय र सरस्वती आधारभुत विद्यालयमा अध्यनरत विद्यार्थीलाई न्यानो पोशाक, खेलकुद साथै शैक्षिक सामग्री वितरण गरिएको कल्बका डाईरेक्टर विकास सुवेदीले जानकारी दिए ।
शैक्षिक सामग्री वितरण कार्यक्रमका प्रमुख अतिथी पिडिजी परमेश्वर बरालले आफ्नो सेवाबाट बचेको पैसाबाट कम अवसर भएकालाई सहयोग गर्ने उद्देश्य पवित्र भएको बताए । उनले समाजिक रुपमा सहयोगको सदभाब क्लबले राखेकामा धन्यवाद दिँदै अमेरिकाबाट सुरु भएको लायन्स क्लब ३२५ एलले समाजमा धरै सहयोग गर्दै आएको बताए ।
कार्यक्रममा स्थानीय वडा अध्यक्ष, जनप्रतिनिधि, विद्यालय ब्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, अभिभावक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।
उक्त अवसरमा कल्बका कोषाध्यक्ष सागरबहादुर आचार्य, डाइरेक्टर गोविन्द थापा, विकास सुवेदी, प्रेम सुवेदी लगायतले क्लबले निरन्तर सहयोग गरिने बताएका थिए । क्लबमा आवद्ध सदस्यबीच खाजा तथा फजुल खर्च कटाएर जम्मा भएको रकमबाट सामाजिक कार्य गरिरहेको क्लबका डाईरेक्टर विकास सुवेदीको भनाई थियो ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई targetkhabar@gmail.com मा पठाउनु होला । धन्यवाद ।