काठमाडौं ।
कुशिरो युवा क्लब तथा कुशिरो चौर संरक्षण उपभोक्ता समितिद्वारा आर्थिक तथा भौतिक सहयोग गर्नेलाई सम्मान गरेको छ । नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान समेत गरिएको सभामा वागमती प्रदेश सभा सदस्य रमा आले मगरले सहयोग गर्नेलाई समाजले सधै सम्झने बताईन् । प्रमुख आतिथि रहेकी आलेलाई वाग्मती प्रदेशको मन्त्रीको जिम्मेवारी सम्हालेकोमा वधाई समेत प्रदान गरिएको थियो ।
कुशिरो युवा क्लब अध्यक्ष केन्द्र महतको अध्यक्षता तथा समाजसेवी समिर पण्डितको सञ्चालनमा रहेको कार्यक्रममा चनपाकी उपप्रमुख वसन्ती श्रेष्ठ, वडा नं ६ का अध्यक्ष संजय सिग्देल, समृद्धि सामुदायिक विकास सहकारीका अध्इक्ष चक्रपाणि ढकाल, मातातीर्थ संरक्षण समितिका अध्यक्ष शान्त उदास, महादेवस्थान खानेपानी उपभोक्ता समितिका उपाध्यक्ष पुरुषोत्तम उदास, जीवन बुढाथोकी, कृष्ण बलामी, जमुना पंगेनी लगायतले शुभकामना दिएका थिए ।
क्लबले स्थानीय क्षेत्रमा विकास निर्माण, असल समाज निर्माण तथा खेलकुदको विकासमा ठूलो योगदान दिँदै आएको छ ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई targetkhabar@gmail.com मा पठाउनु होला । धन्यवाद ।