को को थिए दुर्घटनामा परेको विमानमा ? विवरण सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा । काठमाण्डौंबाट पोखराका लागि उड्ने क्रममा दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजमा रहेका चालकदलका सदस्यसहित १९ जनाको विवरण सार्वजनिक भएको छ ।

एयरलाइन्सका चिफ अफ सेल्स एण्ड मार्केटिङ मुकेश खनालका अनुसार विमानमा सबै चालक दलका सदस्य र कर्मचारीमात्रै सवार थिए ।

मर्मतसम्भारका लागि सौर्य एयरको ९ एन एएमई जहाज बुधबार विहान पोखरा उडेको विमानलाई विमानमा क्याप्टेन मनिषरत्न शाक्य र को–पाइलट संजित कटुवालले उडाएका थिए ।

विमानमा सवारमध्य क्याप्टेन शाक्यलाई उद्धार गरि अस्पताल लगिएको र बाँकी १८ जनाको मृत्यु भएको त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

विमानमा सवार कर्मचारीहरूमा अमित मान महर्जन, सागर आचार्य, दीलिप वर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीप लाल जोशी, सर्वेश मरासिनी, श्याम विन्दुकार, नवराज आले,राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौडेल, सन्तोष महतो, पुन्यरत्न शाही र आरिफ रेडा रहेका छन् । आरिफ भने विदेशी नागरिक हुन् ।

केही समय अघि उडान भएपनि अहिले पोखरामा सौर्यको नियमित उडान छैन ।

उक्त जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’पूर्वतर्फको खाल्डोमा खसेको थियो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई targetkhabar@gmail.com मा पठाउनु होला । धन्यवाद ।