पोखरा ।
नेपाल खानेपानी संस्थान प्रधान कार्यालय काठमाडौले ४ दिने खरिद सम्बन्धी तालिम सम्पन्न गरेको छ । कृषि अनुसन्धान निर्देशनालय, लुम्लेमा आयोजना गरेको खरिद सम्वन्धी तालिमले सहभागी कर्मचारीमा कानुनी ज्ञान आर्जन सँगै भविष्यमा गर्नु पर्ने खरिद प्रक्रियाबारे प्रभावकारी ढंगको सीप प्राप्त भएको जनाएका छन् ।
नेपाल खानेपानी संस्थानका प्रोजेक्ट म्यानेजर ई.निरण महर्जनको अध्यक्षमा ४ दिनसम्म लुम्लेमाा चलेको तालिममा कार्यसञ्चालन खर्च, आवश्यक सामग्रीको पहिचान, बजेट, खरिद प्रक्रिया, मुल्य निर्धारण, कार्य सम्पन्नता लगायत शीर्षकमा छलफल सहितको प्रशिक्षण भएको थियो । तालिममा छलफल, प्रतिवद्धता, कार्यान्वयन, समन्वय, सहजीकरण र सहयोगको भावना सवै कर्मचारीमा आवश्यक रहेको बताएका प्रमुख महर्जनले यस्ता तालिमलाई निरन्तरता दिने उल्लेख गरेका थिए ।
तालिममा सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव भरतमणि सुवेदीले निजी र सार्वजनिक प्रक्रियाबारे जानकारी दिएका थिए । सुवेदीले नागरिकको अपेक्षा अनुरुप गरिने खर्चले देशलाई समृद्ध बनाउने भन्दै विषयगत र अमूर्त खरिदमा ध्यान दिन सक्नु पर्नेमा जोड दिएका थिए । व्यक्तिगत स्वार्थ त्यागेर संस्थागत स्वार्थमा लाग्न तालिममा सहभागीलाई आग्रह गर्दै सिद्धान्त, सेवा र न्यायलाई मनन गर्न आग्रह गरेका थिए ।
तालिममा सार्वजनिक खरिद अनुगमन कार्यालयका सहसचिव रामचन्द्र दंगालले पारदर्शिता र मितव्ययिता कायम गर्नु नै खरिद गर्नु भएको बताएका थिए । सहसचिव दंगालले खरिदमा राजनीतिक दवावलाई वेवास्ता गर्दै अघि बढ्न सकेमात्र देश र जनताले न्याय पाउनेमा जोड दिएका थिए ।
सार्वजनिक खरिद अनुगमन कार्यालयका निर्देशक गोविन्द प्रसाद घिमिरेले जिल्ला दररेट, बजारको दरभाउ, उद्योग वाणिज्यको मुल्य निर्धारण लिस्ट र अघिल्लो आर्थिक वार्षको मुल्यलाई आधार बनाएर खरिद गर्न सकिनेमा जोड प्रशिक्षण दिएका थिए । घिमिरेले बोलपत्रको मुल्यांकन, पुनरावलोकन, आर्थिक कार्यविधि, नम्र्स र मापदण्ड र स्विकृत बजेट तथा कार्यान्वयनलाई ध्यान दिन सहभागि प्रशिक्षार्थीलाई आग्रह गरे ।
बोलपत्र मुल्यांकनका सैद्धाान्तिक पक्ष, प्रतिवेदन र स्विकृति, खरिद अधिकारीको संयोजकत्वमा २ सदस्य टोली गठन लगायत सूचना संकलन विधिमा तालिम प्रदान गरिएको संस्थानका सहायक प्रशासन अधिकृत दिपेश्वर मण्डलले जानकारी दिएका थिए ।
तालिममा सार्वजनिक खरिद अनुगमन कार्यालयका सहसचिव विष्णुप्रसाद शर्माले वर्षभरको खरिद योजना आर्थिक वर्षको सुरुमा तय गरेर विधि र प्रक्रियालाई मनन् गर्दै अनुशासित खरिद योजना निर्माण गर्न संस्थानका कर्मचारीलाई आग्रह गरेका थिए । पश्चिमाञ्चल इन्जिनियरिङ अध्ययन संस्थानका प्रोफेसर रमेश बास्तोलाले उत्प्रेरणाले मानिसलाई सफलता तर्फ धकेल्ने बताउँदै ६ हजार नदीनाला भएको देशमा पानीको अभाव हुनु सरकारी नीति र स्थिर राजनीति नहुनु भएकोले त्यसको जिम्मेवारी सरकारका कर्मचारीले लिनसक्नु पर्नेमा जोड दिएका थिए ।
तालिममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग गण्डकी प्रदेशका सहसचिव अस्मान तामाङले गल्ती नगरे कर्मचारीलाई समस्या नपर्नेमा जोड दिएका थिए । अन्जानमा भएको कमजोरीको छानविन हुने समयमा समस्या नआउने बताएका तामाङले नीतिगत भ्रष्टाचारलाई नियन्त्रण गर्न सवै तहका कर्मचारीले मनन् गर्नु पर्ने समय आएको बताए ।
तालिमलाई थप व्यवस्थित, मर्यादित र समयानुकुल बनाउने नेपाल खानेपानी संस्थानका सहायक प्रबन्धक ई.निरण महर्जन, ई.शैलेन्द्र कुमार साह, र्इं मोहनदत्त भट्ट, आलेप प्रमुख रामकुमार श्रेष्ठ लगायतले इमान्दारिता, निश्पक्षता, दक्षता, प्रतिश्पर्धी एवं जिम्मेवारी वहन गर्नु नै तालिमको उपलब्धी भएको बताएका थिए ।
विधि र प्रक्रियालाई आत्मसाथ गर्दै भविष्यमा हुन सक्ने कानुनी झमेलाबाट बच्न सार्वजनिक खरिद ऐन र नियमावली निरन्तर अध्ययन गर्न आवश्यक रहेको तालिमका प्रशिक्षकहरुले जोड दिएका थिए ।
संस्थानको कार्यक्षेत्र भद्रपुरदेखि महेन्द्रनगरसम्मका विभिन्न २३ सहरका लेखा र खरिदमा आवद्ध कर्मचारीहरुको सहभागिता रहेको थियो । तालिम नेपाल सरकार खानेपानी मन्त्रालय, नेपाल खानेपानी संस्थान र जाईकाको त्रिपक्षिय सम्झौता अनुरुप कर्मचारी क्षमता अभिबृद्धि मुख्य उद्देश्य रहेको संस्थानले जनाएको छ । भिन्न भिन्न दिनमा विभिन्न क्षेत्रका विज्ञ सहितको प्रशिक्षणले संस्थानको आगाामी यात्रालाई सुखद मान्न सकिने तालिममा सहभागी कर्मचारीहरुले बताएका थिए ।
संस्थानको कार्यक्षेत्र भद्रपुरदेखि महेन्द्रनगरसम्म तथा प्रधान कार्यालयका गरी विभिन्न २२ सहरका लेखा र खरिदमा आवद्ध कर्मचारी दिपेश्वर मण्डल, सविता चिमोरिया, उर्मिला पोखरेल, डुमाकुमारी केसी, कृष्ण गुँरागाई, प्रकाश खतिवडा, होमप्रसाद चम्लागाई, अजय बडियैत, हिमा थापा, अधिक नारायण साह, नरेश झा, अजय कुमार प्रसाद, अशोक कुमार साह, दिल कुमारी राई, गौरिशंकर पण्डित, रञ्जित खड्का, जय नाराायण लाल कणर्, बलिराम चौधरी, सोमबहादुर घलान, सन्दिप कणर्, अशोक उपाध्याय, रामचन्द्र सहनी, सञ्जिव यादव, सञ्जयकुमार मिश्र, कैलास दाहाल, विश्वनाथ अधिकारी, झग बहादुर डागी, टिकाराम कुँवर, राजकुमार चौधरी, देवकुमारी प्याकुरेल, छुनीराम चौधरी, सोहनलाल गुप्ता, विजय प्रकाश चौधरी, सर्जुनकुमार केसी, पंकजकुमार दास, नेत्रलाल चौधरी, विजय जोशी, पुष्पराज जोशी, बिमल तिम्सिना, विष्णुप्रसाद रेग्मी, वसन्तराज भण्डारी, महेन्द्र रेग्मी, महेशराज भट्टराई, गिता पाण्डे, प्रभाकर अर्याल लगायत कर्मचारीको सहभगिता रहेको खानेपानी संस्थानले जनाएको छ ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई targetkhabar@gmail.com मा पठाउनु होला । धन्यवाद ।