केन्द्रीय सभामा पूणर् सहयोग रहन्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विराटनगर, २६ कात्तिक । 
नेपाल खानेपानी संस्थान कर्मचारी संघ केन्द्रीय समिति काठमाडौंको केन्द्रीय सभाको तयारी अन्तिम चरणमा पुग्दा नेपाल खानेपानी संस्थान कर्मचारी संघ इकाई समिति विराटनगरले सक्रियता बढाएको छ । संघको कार्यक्रमलाई पूणर् सहयोग गर्ने भन्दै सोमबार बैठक बसेको हो । 
आगामी कात्तिक २९ देखि ३० गतेसम्म हुने सभामा कर्मचारी संघ इकाई समितिले स्वागत गर्ने जनाएको छ । संघका इकाई अध्यक्ष विरेन्द्र कुमार यादवको अध्यक्षतामा बसेको वैठकले अतिथि स्वागत लगायत विभिन्न निणर्य गरेको छ । 
वैठकमा नेपाल खानेपानी संस्थान कर्मचारी संघ युवा समितिका संयोजक मनोज अधिकारीले स्वयंसेवक तथा हरप्रकारका सहयोग गर्ने बताएका थिए । संघको केन्द्रीय समितिको निर्देशनलाई पूणर् गराउन विराटनगर इकाईले अगुवाई गर्ने वैठकले निणर्य गरेको कर्मचारी संघ इकाई सचिव सुरज कुमार चौधारीले जानकारी दिए ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई targetkhabar@gmail.com मा पठाउनु होला । धन्यवाद ।