पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ स्थित जिमिरेमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
जिमिरेमा सञ्चालित करुवा सेती हाइड्रोपावरमा काम गर्दै आएका गोरखाको शहिद लखन गाउँपालिका –२ याम बहादुर थापा (५०) को मृत्यु भएको हो ।
काम गर्ने क्रममा सोही ठाउँको भिरबाट अचानक अन्दाजी ३ सय मिटर लडेर ज्यान गुमाएका थापाको शवलाई सशस्त्र प्रहरी बलको नेपाल नं २४ गण हेड क्वाटर कालिकाको टोलिले उद्दार गरेको छ । उनको शव भिरमा अड्को थियो ।
अहिले उनको शवलाई पोष्टमार्टमका लागी पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा राखिएको प्रहरीले जनाएको छ ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई targetkhabar@gmail.com मा पठाउनु होला । धन्यवाद ।