कारखाना श्रमिक संघको प्रथम गण्डकी प्रदेश भेला सकियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा ।
नेपाल कारखाना श्रमिक संघको गण्डकी प्रदेश भेला सम्पन्न भएको छ । शुक्रबारबाट सुरु भएको भेला शनिबार पोखरामा सम्पन्न भएको हो । प्रदेश भरबाट उपस्थित प्रतिनिधिले विभिन्न धारणा राखेका थिए । गण्डकी भेलाले ९ सदस्य रहेको कार्यसमिति सर्वसम्मत चयन गर्दै सम्पन्न भएको कारखाना श्रमिक संघका नेता एवं कारखाना श्रमिक संघ कास्कीका अध्यक्ष राजन अधिकारीले जानकारी दिए । उक्त भेलाले शम्भुप्रसाद लम्सालको अध्यक्षतामा राधा उपाध्यय पौडेल उपाध्यक्ष, टेकबहादुर थापा सचिव, मधुकर सुवेदी कोषाध्यक्ष, डिल्लीराम पौडेल सहसचिव र वसन्तकुमार रानाभाट, बलिशा गुरुङ, भूपाल थापा र सुरेश गायकलाई सदस्यमा चयन गरेको छ । 
गण्डकी प्रथम भेलामा नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिका उपाध्यक्ष ललितबहादुर श्रेष्ठ, राजेश पालिखे, नेपाल ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेशका अध्यक्ष मुरारी शर्मा, नेपाल ट्रेड युनियन कांग्रेस लुम्बिनी प्रदेश अध्यक्ष काजीमान श्रेष्ठ, नेपाल ट्रेड युनियन कांग्रेस मधेश प्रदेश अध्यक्ष लक्ष्मणप्रसाद कुर्मी, नेपाल ट्रेड युनियन कांग्रेस नवलपुरका अध्यक्ष गंगाधर सुवेदी लगायतले भेलालाई सम्बोधन गरेका थिए । 
भेलामा कोषी प्रदेश अध्यक्ष रमेशजंग थापा, मधेश प्रदेश अध्यक्ष केदार पट्टेल, लुम्बिनी प्रदेश अध्यक्ष जंगविर नेपाली लगायतले नेपाली कांग्रेस सरकारमा भएपनि नभएको जस्तो अनुभूति भएको टिप्पणी गरेका थिए । 
भेलामा नवलपुर उपाध्यक्ष थमकुमाारी महतो, महिला उपाध्यक्ष रिता थापा, नेपाल ट्रेड युनियन कांग्रेस गण्डकी उपाध्यक्ष धनश्याम रेग्मी, नेपाल खानेपानी संस्थान कर्मचारी संघका केन्द्रीय अध्यक्ष केदार धमला लगायतले पटक पटक राज्यका लागि श्रमिकले ज्यान फालेर योगदान दिएपनि राज्यले श्रमिकका मुद्धालाई आझेलमा पार्दै आएको बताएका थिए । 
यसैबीच कारखाना श्रमिक संघको केन्द्रीय बैठक समेत शनिबार सम्पन्न गरेको छ । नेपाल ट्रेड युनियन कांग्रेस निकट श्रमिक संघले श्रमिकका मुद्धा समाधान नभएको धारणा राखेका थिए । संघका अध्यक्ष अमृतलाल जोशीको अध्यक्षतामा बसेको बैठकले श्रमिकका समस्या छिटो भन्दा छिटो समाधान गर्न आवद्ध प्रतिष्ठान नेपाल ट्रेड युनियन कांग्रेस र नेपाली कांग्रेसलाई दवाव दिने नीति पास गर्दै बैठक सम्पन्न भएको महासचिव केशवराज भट्टराईले जानकारी दिए । वैठकमा वरिष्ठ उपाध्यक्ष देवेन्द्र झा, उपाध्यक्ष अनील बस्ताकोटी, कोषाध्यक्ष चन्दन झा, महिला उपमहासचिव ज्योति गुरुङ, केन्द्रीय सदस्य दिपेन्द्र प्रसाद पटेल र करमबहादुर चौधरी लगायतले विभिन्न धारणा राखेका थिए ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई targetkhabar@gmail.com मा पठाउनु होला । धन्यवाद ।