विरगञ्ज ।
विरगञ्ज लालपर्सामा खानेपानी योजना हस्तान्तरण भएको छ । लालपर्सा वडा नं. ३० मा आयोजित एक कार्यक्रम बीच खानेपानी योजना हस्तान्तरण भएको हो । खानेपानी मन्त्री प्रदिप यादवले आम नागरिकले अर्थात् स्थानीय बासिन्दाले शुद्ध, सुरक्षित र सुलभ पानी पिउन पाउने बताएका छन् ।
मन्त्री यादवले जीवनस्तरमा ठूलो परिवर्तन ल्याउने अपेक्षा व्यक्त गर्दै आयोजनालाई प्रभावकारी ढंगबाट सञ्चालन गर्न आवश्यक निर्देशन समेत दिएका छन् । १५ वर्ष पुरानो खानेपानी योजना संघीय सरकारबाट स्थानीय तहमा औपचारिक रुपमा हस्तान्तरण गरिएको हो । २ करोड ९३ लाख बराबरको सम्पत्ति स्थानीय सरकारलाई हस्तान्तरण गरिएको छ ।
उक्त खानेपानी आयोजनामा १ सय घन मिटर क्षमताको एक ओभरहेड पानी ट्यांकी र ५ हजार ३ सय ९९ मिटर पाइपलाइन विस्तार रहेको छ । योजनाबाट करिब ७ सय घरधुरी र ८ हजार भन्दा बढि नागरिक प्रत्यक्ष लाभान्वित हुने भएको छ । हस्तान्तरण समारोहमा नेपाल खानेपानी संस्थानका महाप्रबन्धक अर्जुनबाबु ढकाल, स्थानीय जनप्रतिनिधि, विभिन्न संघ संस्थाका अगुवा तथा स्थानीय बासिन्दाहरुको उलेख्य सहभागिता रहेको थियो ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई targetkhabar@gmail.com मा पठाउनु होला । धन्यवाद ।