जनप्रिय मावि सिमलचौरको एसइई नतिजा आकर्षक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा । 
पोखरा महानगरपालिका वडा नं ८ स्थित जनप्रिय माध्यमिक विद्यालय सिमलचौरबाट १ सय ९ जना विद्यार्थीले एसईई उत्तिणर् गरेका छन् । १ सय ७० जना विद्यार्थीले भाग लिएको परीक्षामा ३ दशमलव ६ भन्दा माथि जिपिए ल्याउने विद्यार्थी ९ जना रहेका छन् । ३ दशमलव २ भन्दामाथि ल्याउने विद्यार्थीको संख्या भने ५४ जना रहेका छन् । २ दशमवल ८ जीपीए प्राप्त गर्न ३५ जना विद्यार्थी सफल भएका छन् भने २ दशमवल ४ जीपिए माथि ल्याउने विद्यार्थीको संख्या ११ जना रहेको विद्यालयका प्रधानाध्यापक देवीप्रसाद बस्ताकोटीले जानकारी दिए । 
करिव २ हजारको हाराहारीमा विद्यार्थी अध्ययन गर्ने जनप्रिय माविमा २०८० को एसईई परीक्षामा ४७ जना विद्यार्थीले भने पुरक परीक्षा दिने छन् । २ विषयसम्म लागेको विद्यार्थीले पुरक परीक्षामा भाग लिन पाउने छन् भने जनप्रिय माविबाट १४ जना विद्यार्थी भने पुनः १० कक्षामा पढ्नु पर्ने बाध्यतामा परेका छन् । 
पछिल्लो समय सामुदायिक विद्यालयमा अभिभावकको रोजाई बढेपनि भनेजस्तो हुन नसकेको अभिभावकहरुको गुनासो छ । जनप्रिय मावि पोखराको मध्येभाग अर्थात् सेन्टर जस्तै एरिया भएकाले लोकसेवा तथा अन्य स्थानीय वडाहरुको कार्यक्रम समेत गर्न दवाव आउँदा परेको समस्यालाई विद्यालय प्रशासनले कडाई गरेको विद्यालयका प्रअ बस्ताकोटीले बताएका  छन् । सामुदायिक विद्यालयको विद्यालय प्रशासन देशभर कमजोर बनेको गुनासो बढेको अवस्थामा त्यसलाई सामना गर्न जनप्रिय माविले नयाँ नीति अवलम्बन गर्न थालेको प्रअ बस्ताकोटीको भनाई छ ।  
विगतमा जनप्रिय माविलाई व्यसायिक धलो बनाउने समुहपनि सक्रिय बनेको देखिन्छ । हालको अवस्थामा कस्तो छ भन्ने प्रश्नमा विद्यालयका सूचना अधिकारी ऋषिराम अधिकारीले भने, ॅविगतमा त्यस्तो हुन्थियो, विगत २/३ वर्षदेखि यस्तो भएको छैन ।’ उनले भने, ॅआजको अवस्थामा हामीलाई विना जानकारी वा सूचना नदिई कसैले पनि कुनै कार्यक्रम गर्न सक्दैनन्, पाउँदैनन् ।’ सहायक प्रधानाध्यापक समेत रहेका अधिकारीले विद्यार्थीको पठनपाठनमा कुनै समस्या नभएको बताए । एसईई परीक्षा र विद्यार्थीबारे शुभकामना दिँदै विद्यालयका प्रअ वस्ताकोटीले विद्यालय र विद्यार्थीको चौतर्फी हितमा आफूहरु लागिपरेको बताए । उनले आगामी दिनमा कस्तो र के पढ्ने भन्ने विषय गहन भएर सोचेर, अभिभावकसँग छलफल गरेर तय गर्न उत्तिणर् विद्यार्थीलाई सुझाव दिए भने, अनुत्तिणर् विद्यार्थीलाई थप मेहनेत गरेर अध्ययन गर्न सुझाव दिए ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई targetkhabar@gmail.com मा पठाउनु होला । धन्यवाद ।