जेष्ठ नागरिकमैत्री खेलकूद प्रतियोगिता सम्पन्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चैत ४ पोखरा । घुमफिर, मनोरञ्जन र धार्मिक कार्यमा संलग्न हुन पाउँदा आनन्द लाग्ने गरेको एक कार्यक्रममा सहभागि जेष्ठ नागरिकहरुले बताएका छन् । जेष्ठ नागरिक मैत्री खेलकूद प्रतियोगिताका सहभागिहरुले एक आपसमा खुशि बाढ्दै उक्त प्रतिकृया दिएका हुन ।

जेष्ठ नागरिक मञ्च पोखरा १७ द्वारा आयोजित एवम् महानगर वडास्तरीय आर्थिक सहयोगबाट सञ्चालन भएको विभिन्न प्रतियोगितामा जेष्ठनागरिक महिला तथा पुरुषहरुको सकृय सहभागिता रहेको थियो ।

प्रतियोगिताको म्यूजिकल चियर महिलातर्फ सारदा पराजुली, भविमाया परियार बसन्धरा शर्मा र पुरुषतर्फ डण्डपानी भण्डारी, टोपराज ढुङ्गाना, र टुकप्रसाद पौडेल क्रमश प्रथम द्वितीय र तृतीय भएका थिए ।

त्यसैगरि चम्चादौडमा गंगा थापा, विष्णु भट्टराई र कृष्णप्रसाद पौडेल, कपहेडमा दण्डपाणी भण्डारी, कृष्णप्रसाद पौडेल र ज्ञानु सुवेदी तथा घैटो फोर्ने प्रतियोगितामा महाप्रसाद सुवेदी, शान्तिमाया मानन्धर र सावित्री खवास प्रथम, द्वितीय र तृतीय भई पुरस्कृत भएका थिए । विजयी खेलाडिहरुलाई तीन, दुई र एक हजार नगद सहित खाँदाले सम्मान गरिएको थियो ।

प्रतियोगिताका विजयी आमा बुबालाई नगद पुरस्कार वितरण गर्दै पोखरा १७ का कार्यवाहक वडाअध्यक्ष विक्रम गुरुङले खेलकूदमार्पmत समाजका जेष्ठनागरिकलाई मनोरञ्जन प्रदान गर्न सफल भएको बताए ।

जेष्ठ नागरिक मञ्च १७ का अध्यक्ष टोपराज ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रममा वडासदस्य विष्णुमाया थापा, सञ्चारकर्मी हरि बास्तोला, महाप्रसाद सुवेदी, शिशु निकेतन माविका प्राचार्य नरेन थापा, पूर्वशिक्षक ध्रुव अधिकारी, धर्मराज तिमिल्सिना, मञ्चका उपाध्यक्ष विष्णुमाया बास्तोला लगायतले जेष्ठनागरिक र खेलकूद प्रतियोगिताका बारेमा चर्चा गरेका थिए ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई targetkhabar@gmail.com मा पठाउनु होला । धन्यवाद ।