हरिकृष्ण सिटौलाको मुक्तक ॅजिन्दगीका पाईला’ बिमोचन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । 
मुक्तककार हरिकृष्ण सिटौलाद्वारा रचित जिन्दगीका पाईलाहरु मुक्तक संग्रह बिमोचन भएको छ । संघीय सांसद सीता मिजार, वरिष्ठ पत्रकार ऋषि धमला, डा. काशिराज पाण्डे, विष्णुप्रसाद आचार्य, नेपाली कांग्रेसका नेता वासुदेव तिमिल्सिना लगायतले काठमाडौंमा विमोचन गर्दै हरिकृष्णको क्षमताको चर्चा गरेका थिए । 
प्राध्यापन पेशामा आवद्ध सिटौलाले लेखेको मुक्तक संग्रहको समीक्षा गर्दै डा.नवीनबन्धु पाहाडीले समाजलाई ऐना जस्तै बनाउन मुक्तक संग्रहले सहयोग पुग्ने बताए । हरिकृष्णले लेखेको रचनामार्फत् समाजमा सकारात्क परवर्तनको लागि सहज हुने बताएका थिए । 
हरिकृष्णका आमा रामकुमारी सिटौलाको अध्यक्षतामा भएको कार्यक्रममा डा. नवराज लम्सालले साहित्यले जीवन र समाज बदल्न सहयोग पुग्ने बताएका थिए । मुक्तक बिमोचन कार्यक्रम साउथ स्टेट कलेज बसुन्धरा काठमाडौंमा भएको थियो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई targetkhabar@gmail.com मा पठाउनु होला । धन्यवाद ।