गण्डकीमा हेमोडायलसिस सेवालाई व्यवस्थित गर्न सफ्टवेयर निर्माण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा । गण्डकी प्रदेशमा हेमोडायलसिस सेवालाई व्यवस्थित गर्न हेमोडायलसिस रेकर्ड मनीटोरिङ सिष्टमको विकास गरएको छ ।  राष्ट्रिय आविष्कार केन्द्रको सहयोगमा उक्त सफ्टवेयर निर्माण गरिएको हो । जसको बुधबार मन्त्रालयमा नै एक कार्यक्रमका बीच सामाजिक तथा स्वास्थ्य मन्त्री विन्दुु कुमार थापाले उद्घाटन गरे । 

मन्त्री थापाले सफ्टवेयरका माध्यम प्रदेशमा भएका डायलसिस गर्ने विरामीको सही तथ्याङ्कका विषयमा जानकारी लिन मदत पुुग्ने बताए । उनले रिफर गरेर एउटा अस्पतालबाट उपचारका लागि अर्को अस्पताल जाँदा पनि डुप्लीकेसन नहुने तवरले उपचार गर्न सहायक सिद्ध हुने विश्वास व्यक्त गरे । 
“डायलसिस गर्ने विरामीको वास्तविक तथ्याङक प्राप्त गर्न सफ्टवेयर सहायक सिद्ध हुनेमा विश्वस्त छु। डाटा अनुसार सेवा प्रवाहमा सहजता बनाउन सफ्टवेयरका माध्यम मदत पुग्नेछ ।”, उनले भने । 

प्रदेशको डायलसिस सेवालाई सरल बनाउन सफ्टवेयरले सहयोग पुग्ने उनको भनाई छ । स्वास्थ्य मन्त्रालय गण्डकीका सचिव विनोद विन्दु शर्माले प्रदेश सरकारले निशुल्क रुपमा डायलसिस सेवा प्रदान गर्दै आएको बताए । उनका अनुसार वर्षमा ८० देखि ८५ करोड रकम मात्र डायलसिस सेवा प्रवाहमा प्रदेश सरकारले लगानी गरेको छ । 

उनले अब प्रदेश सरकारले निशुल्क मृगौला प्रत्यारोपण गर्ने विषयलाई पनि सोच्नुपर्ने आवश्यक्ता आएको उल्लेख गरे ।
तथ्याङ्क अनुसार प्रदेशका ४१ अस्पतालको १७ युनिटबाट डायलसिस सेवा प्रवाह गरिएको छ । प्रदेशमा ७७३ जनाले डायलसिस सेवा लिइरहेका छन् । 
 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई targetkhabar@gmail.com मा पठाउनु होला । धन्यवाद ।