पोखरा ।
घाचोक–माछापुच्छ्रे पोखरा सम्पर्क समाजको प्रथम अधिवेशनबाट पुनः तोयनाथ लम्साल(बैरागी) निर्वाचित भएका छन् ।
समाजको शनिबार सम्पन्न अधिवेशनले यसअघिको तदर्थ कार्य समितिलाई निरन्तरता दिएको हो । कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोक तथा वडा नं १ माछापुच्छ्रे जन्म घर भई हाल पोखरामा विभिन्न पेशा, व्यवसायमा आवद्ध तथा स्थायी तथा अस्थायी बसोबास गर्नेहरुले ६ महिनाअघि समाज गठन गरेका थिए ।
अधिवेशनले प्रथम उपाध्यक्षमा महेश्वर पौडेल, उपाध्यक्ष महिलामा चन्द्राज्यू ठकुरी, सचिव जगत गुरुङ, सहसचिव भानुभक्त पोखरेल, कोषाध्यक्ष सरिता आचार्य लम्साल र सहकोषाध्यक्ष नरबहादुर गुरुङ निर्वाचित भएका छन् ।
यसैगरी सदस्यहरुमा दुर्गाबहादुर गुरुङ,इन्द्रशोभा पौडेल, चुडामोहन लम्साल, सोमनाथ लम्साल, कृष्णप्रसाद दवाडी, भोजबहादुर नेपाली, निरु लम्साल र लेखबहादुर केसी रहेका छन् ।
यसैगरी न्यायिक समितिको संयोजकमा विष्णुप्रसाद पोखरेल तथा सदस्यहरुमा यामबहादुर जिसी, शंकर कार्की, शिवप्रसाद पोखरेल र सुवास लम्साल चयन भए । अधिवेशन सम्पन गर्नका लागि मीन प्रसाद लम्साल, मीनराज लम्साल र महेश्वर पौडेल रहनुभएको तीन सदस्सीय निर्वाचन समिति गठन गरिएको थियो ।
यसअघि अधिवेशनको उद्घाटन गर्दै प्रतिनिधिसभाका सदस्य दामोदर बैरागीले समाजले घाचोक र पोखराकाबीचमा पुलको काम गर्दै घाचोकवासीको उन्नतिका लागि काम गर्ने विश्वास व्यक्त गरेका थिए । सो अवसरमा गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले सम्पर्क समाजको समग्र विकास निर्माणमा ध्यान दिन आग्रह गरेका थिए । उपाध्यक्ष सीता अधिकारीले संस्थाले रचनात्मक कार्यलाई निरन्तरता दिन आग्रह गरिन् ।
नवनिर्वाचित अध्यक्ष तोयनाथ बैरागीले घाचोकवासीको दुःख र सुखमा साथमा रहने तथा घाचोकको विकासका लागि सहयोग गर्ने उद्देश्यले समाज गठन गरिएको बताए ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई targetkhabar@gmail.com मा पठाउनु होला । धन्यवाद ।