’देशको भविष्यमाथि भरोषा योग्य सिडेनको नेतृत्व’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा । 
नेपाल ईन्जिनियर्स एसोसिएसनको ३४ औं केन्द्रीय कार्यकारिणी समितिको भदौ २८ गते हुने निर्वाचनमा सिडेनका उम्मेदवारले मत माग्दै पोखरा आइपुगेका छन् । सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) गण्डकी प्रदेश समितिको आयोजनामा भएको उम्मेदवार परिचयात्मक भेलामा समुन्नत देश निर्माण अभियानमा भरोषा योग्य समूह भएको बताइएको छ । केन्द्रीय समितिका उम्मेदवार आएसँगै गण्डकी प्रदेश समितिमा ई. सन्तोष जिसीको नेतृत्वमा १२ औं कार्यकारिणी समितिका लागि १५ जनाको टोलीले उम्मेदवारी दिएका छन् । गण्डकी प्रदेशबाट ई.अबित केसीले केन्द्रीय सदस्यको उम्मेदवारी दिएका छन् । निर्वाचनमा प्रदेशले विभिन्न १४ बुँदे घोषणापत्र बनाएर अघि बढेको छ । गण्डकी प्रदेश समितिको लागि १ हजार ५ सय ५१ जनाले मददान गर्ने छन् । 
ॅइन्जिनियरिङ समुदायको समुन्नतिः दशकको दृष्टिकोण’ नारा लिएर प्रतिवद्धता पत्र वितरण गर्दै गण्डकी प्रदेशमा आवद्ध ईन्जिनियरसँग मत माग्दै संस्थाको सवलीकरण, क्षमता अभिवृद्धि तथा पेशागत सहयोग, हकहितको संरक्षण तथा पैरवी, एकता सहकार्य तथा गुणस्तर सहितको सामाजिक आदर्श निर्माण अभियानमा सिडेनले प्रतिवद्धता जनाएका छन् । सवलीकरण, सहयोग, सहकार्य र संरक्षणमा प्रतिवद्धता जनाउँदै उम्मेदवार ई.सुवासचन्द्र बरालले आफ्नो टिमलाई मत मागेका छन् । बरालको नेतृत्वमा उपाध्यक्ष प्रकाश केसी, महासचिवमा विनोदप्रकाश पण्डित, उपमहासचिवम अनिल मानन्धर, कोषाध्यक्षमा सुमन थापा र सह-कोषाध्यक्षमा कृष्णप्रसाद पोख्रेल चुनावी मैदानमा होमिएका छन् । सदस्यमा यमकृष्ण पौडेल, प्रभुराम पोखरेल, एमेन्द्र गुरुङ अनिल पौडेल, संजयकुमार साह, नेत्रप्रसाद देवकोटा, भैरव धिताल, सुजन श्रेष्ठ, लोकेन्द्र अधिकारी, विक्रमकुमार दास, प्रियंका गुप्ता र जयकिसुन रायले उम्मेदवारी परिचय गर्दै लोकतान्त्रिक समूह सिडेलको प्यानललाई मत मागेका थिए । 
यता गण्डकी प्रदेश समितिमा सन्तोष जिसी सभापतिको उम्मेदवार बनेका छन् भने जिसीको टिममा उपसभापतिमा विशाल थापा, सचिवमा निरोज लामिछाने, सहसचिवमा मञ्जु सिल्पकार, कोषाध्यक्षमा विश्वास आचार्य छन् । जिसीको टिममा मेहन्द्र पौडेल, सक्षम अधिकारी, सञ्जयराज तिमिल्सिेना, रोचक क्षेत्री, ध्रुर्व रेग्मी, निरोज घिमिरे, लालबहादुर खत्री, मनोज गिरी, रमेश भट्ट र सुमन शर्मा सदस्यमा उम्मेदवारी दिएका छन् । देशभर १८ हजार ६ सय १ मददाता रहेको एसोसिएसनमा वितगमा सधै सिडेनले नेतृत्व गर्दै आएको छ । 
उम्मेदवार परिचायत्मक कार्यक्रमको उद्घाटन गर्दै नेपाली कांग्रेस गण्डकी प्रदेश समितिका सभापति शुक्रराज शर्माले विजयीको माला पहिरिन आतुर रहेको बताए । नेता शर्माले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हुने भएकाले ईन्जिनियरहरुले देशको भविष्यको लागि भरोषा योग्य बनाउने अभियानमा जुटन आग्रह गरे । पढाईमा जान्ने समुहलाई आफूहरुले भन्नै नपर्ने बताएका नेता शर्माले कांग्रेसको विरासत जोगाउने जिम्मा इन्जिनियरहरुको भएको बताए । देशलाई बनाउनेमात्र काम गर्ने सिडेनको समुहले जित हाँसिल गर्दा अलोकतान्त्रिक समुहलाई पनिसँग सँगै लिएर हिड्न सुझाव दिएका नेता शर्माले प्राविधिकहरु इमान्दार भएमात्र देश बन्ने ठोकुवा गरे । व्यक्तिको क्षमतालाई पहिचान गरी अघि बढाउने नीति कांग्रेसमा मात्र भएकाले विपी कोइरालाको सिद्धान्तलाई सधै मनन् गर्न उम्मेदवारलाई आग्रह गरे । 
सिडेन गण्डकी प्रदेशका सभापति बृजेन्द्र केसीको अध्यक्षतामा भएको सभा सचिव शिरशकुमार बास्तोलाले सञ्चालन गरेका थिए । उम्मेदवारलाई शुभकामना दिँदै नेपाली कांग्रेस कास्कीका सभापति किश्वरत्त बरालले अब्बल विद्यार्थी ईन्जिनियरले सधै सामाजिक उत्तरदायित्व र राष्ट्र निर्माण अभियानमा सिंगो देशले अपेक्षा गर्ने बताए । गण्डकी प्रदेशका चुनावी कमाण्डर जगदिशचन्द्र पोखरेलले सिडेनले चुनाव जित्न युनाईटेड भएर लाग्नु पर्नेमा जोड दिए । डेमोक्रेटिक समुहलाई कमजोर बनाउन सवैतिरबाट खेल भइरहेको बताएका पोखरेलले मिसन र भिजनलाई सवैले अंगिकार गर्दै अघि बढ्न उम्मेदवारहरुलाई सुझाव दिए । शुभकामना दिएका उमेश थानीले चुनावलाई कमजोर नठान्न आग्रह गर्दै एकतालेमात्र निर्वाचन जितिने बताएका थिए । कार्यक्रममा दिपकबाबु कँडेलले नेइएको निर्वाचन राष्ट्रिय निर्वाचनको सन्देश भएकाले अत्यन्त जिम्मेवार ढंगबाट प्रस्तुत हुन उम्मेदवारलाई सुझाव दिएका थिए । कार्यक्रमका सभाध्यक्ष ब्रिजेन्द्र केसीले प्वाईन्ट समातेर बोल्ने, वितृष्णालाई पाखा लगाउने, आशलाग्दो भन्नेर बन्ने, सोच र सौहाद्रतालाई सकारात्मक बनाउने, कमजोर प्रस्तुति र फरक उम्मेदवारलाई कमजोर नठान्ने लगायत धारणा राखेका थिए ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई targetkhabar@gmail.com मा पठाउनु होला । धन्यवाद ।