आर्थिकरुपमा सक्षम भएमात्र महिला सशक्तिकरण हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा । महिलाका हक अधिकार सुनिश्चितताका लागि महिला सशक्तिकरण अपरिहार्य भएको पोखरामा भएको एक कार्यक्रममा बताइएको छ । कार्यक्रममा वक्ताहरुले आर्थिकरुपले सक्षम भएमात्र महिलाले हर क्षेत्रमा पकड बनाउन सक्ने बताएका हुन् । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल र अमेरिकी सहयोग संस्था युएसआईडि जल जंगल परियोजनाद्वारा संयुक्तरुपमा  आयोजित अन्तरक्र्रियामा  बक्ताहरुले महिला सशक्तिकरणमा जोड दिएका हुन् । 
“महिलामा लगानी सभ्य र समुन्नत समाजको थालनी” नाराका साथ आयोजित कार्यक्रममा महिला सम्वन्धि संवैधानिक अधिकार अक्षरस कार्यान्वयन गर्न ३ तहकै सरकार जिम्मेवार हुनु पर्नेमा सहभागिको जोड थियो । गण्डकी प्रदेश नीति तथा योजना आयोगका सदस्य अञ्जला चौधरीले मौलिक नारालाई समेत ध्यान दिन आग्रह गरिन् । उनले गण्डकी प्रदेशमा दोस्रो प्रदेश पञ्चबर्षीय योजनामा महिला मैत्री कार्यक्रम स्थापित गरेर सर्व पक्षको हक अधिकारको सुनिश्ििचततालाई प्राथमिकतामा राख्ने तयारी भई रहेको जानकारी दिइन् । 
प्रदेशका ११ वटै जिल्लाका ८५ पालिकाकामा छलफल कार्यक्रमबाट प्राप्त सुझावका आधारमा महिला सशक्तिकरणमा जोड् दिइने बताउँदै उनले प्राप्त अधिकारको उपयोग गर्दै थप अधिकारका लागि महिलाहरु संगठित भएर लाग्नु पर्ने आवश्यकता औंल्याए । पोखरा उद्योग वाणिज्य संघका उपमहासचिव शोभा गौतमले महिलाहरु आर्थिक रुपमा सक्षम हुनका लागि उद्यमी बन्नुपर्नेमा जोड दिंदै त्यसका लागि महासंघकातर्पmबाट आवश्यक सहयोग गर्ने विश्वास व्यक्त गरिन् । 
जिल्ला समन्वय समिति कास्कीका उपप्रमुख एवम् सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य सरिता कुमालले पछिल्लो समय प्रत्येक क्षेत्रमा महिला सहभागितामा क्रमिकरुपमा वृद्धि हुँदै गएको बताइन् । प्रदेश वन निर्देशनालयका उपसचिव करुणा कार्कीले महिलाले अवसर पाएमा जस्तो सुकै चुनौतिको सामना गर्न सक्षम रहेको बताउँदै आर्थिक, सामाजिक र सांस्कृतिक कारणले महिलालाई अघि बढ्न अहिले पनि चुनौती रहेको बताइन् । 
कार्यक्रममा जल जंगल परियोजना सिनियर जेसी अधिकृत सुनिल चौधरी र किरण न्यौपानेले परियोजनाको लक्ष्य, नेपालमा महिलाको अवस्था, जलवायु परिवर्तन न्यूनिकरण सम्वन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए । सामुदायिक वन उपभोक्ता महासंघ कास्कीका सचिव पार्वती सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमा महासंघ केन्द्रीय सदस्य हरि बास्तोला र गण्डकी प्रदेश अध्यक्ष कालिदास सुवेदी, जिल्ला महासंघ अध्यक्ष विश्वनाथ लामिछाने, महानगर महासंघ सचिव सीता सापकोटा लगायतले महिला दिवसको महत्व र महासंघले खेल्दै आएको भूमिका माथि चर्चा गरेका थिए । 
कार्यक्रममा सामुदायिक वन समुह, महिला संग सम्वन्धित विभिन्न संघसंस्था, कर्मचारी, वन विज्ञान अध्ययनरत विद्यार्थी, पोखरा महानगर, रुपा, मादी र अन्नपूणर्मा क्रियाशील बन समूहका पधादिकारी सहित ७२ जनाको सहभागिता रहेको थियो ।  ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई targetkhabar@gmail.com मा पठाउनु होला । धन्यवाद ।